भक्तपुर । आधुनिक युगमा पनि ज्योतिष विज्ञानको महत्व उत्तिकै रहेकामा सरोकारवालाले जोड दिएका छन् ।
नेपाल ज्योतिष परिषद् जिल्ला समिति भक्तपुरले आज आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले ज्योतिष हुँ भन्ने सबैमा यससम्बन्धी राम्रो ज्ञान नहुँदा जनमानसमा ज्योतिष विज्ञानप्रति विश्वास कमजोर हुन थालेको भन्दै चिन्ता व्यक्त गरे ।
आधुनिक युगमा पनि ज्योतिष विज्ञानको महत्व उत्तिकै रहेकामा जोड दिँदै उनले जनमानसमा विश्वास दिलाउन यस क्षेत्रमा समर्पित भएर लाग्ने सक्रिय हुनुपर्ने बताए। ज्योतिष विज्ञानको ख्याल नगर्दा समाजका विभिन्न क्षेत्रमा समस्या आएको भन्दै कर्ममय मानव जीवनका लागि कर्म गर्नका लागि शुभ मुहूर्तको आवश्यकता रहेकामा जोड दिए ।
उनले पर्व सुधारका लागि अधिक मासलाई एक महिनाअघि ल्याउन दबाब आएको भन्दै अधिक मासलाई १३ महिना नराखी १२ महिना कायम गर्नुपर्ने बताए। ज्योतिष मास हरेक ३२ महिना १६ दिनमा आउने गर्दछ । विश्व ज्योतिष महासङ्घका अध्यक्ष डा लोकराज पौडेलले शुक्र र बृहस्पति अस्त भएको बेला महत्वपूर्ण कर्म गर्न साइत नहुने बताए ।
दक्षिण एसियाली ज्योतिष महासङ्घका अध्यक्ष डा सहदेव बिष्टले ज्योतिष विज्ञानको महत्वका बारेमा जोड दिँदै समयलाई चिन्न नसक्ने मानिसले कहिल्यै उन्नति गर्न नसक्ने बताए । नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिका अध्यक्ष माधवराज पाण्डेले ज्योतिष विज्ञानको महत्व र प्रभाव मान्छेको जन्मदेखि मृत्युसम्म रहेको बताए ।
परिषद्का जिल्ला समिति अध्यक्ष केदारप्रसाद जोशीले ज्योतिष विज्ञान तथ्यपरक हुनुपर्नेमा जोड दिँदै खोजअनुसन्धानलाई जारी राख्दै ज्योतिष विज्ञानको महत्व र गरिमालाई जीवित राख्नुपर्ने बताए ।
कार्यक्रममा ज्योतिष डा वीरेन्द्रप्रसाद कायस्थ, ज्यो पण्डित बिष्णुदत्त लेखक र दिव्यश्ववर सिटौलाले कार्यपत्र प्रस्तुत गरेका थिए । उनीहरुले वेद, पुराण, उपनिषद् र नीति दर्शनले नै यसको महत्व उजागर गरेको बताउँदै अन्धकारले नदेखिने वस्तु दीपकले देखाए झैँ ज्योतिष शास्त्रले पनि भूत, भविष्य र वर्तमानको आँकलन गर्ने उल्लेख गरे ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: