Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

सधैँ सडकको सास्तीमा कपनवासी

काठमाडौं । चाबहिलबाट सरस्वती नगर हुँदै कपन पुग्ने सडकको अवस्था निकै दयनीय छ । सडकमा ठूल्ठूला खाल्डा, घुडाँसम्म आउने हिलो र खाल्डामा पानी जमेकोे छ ।

सडकमा खाल्डाखुल्डीका साथै हिलाम्मे भएपछि सजिलै सडक वारपार गर्न सक्ने त अवस्था छैन । ठूल्ठूला खाल्डाले विद्यालय आउने जाने बालबालिका तथा विद्यार्थीलाई हिँड्न झनै सकस हुने गरेको छ ।

ठूलो पानी पर्दा सडकमा खोला नै बग्छ । पानी र हिलोले पुरेको खाल्डोे थाहा नपाउँदा धेरैपटक साना केटाकेटी, वृद्धवृद्धा तथा युवासमेत खाल्डोमा चुर्लुम्म डुब्ने गरेका छन् ।

यहाँको सडक हँुदै मोटरसाइकल, साइकल र स्कुटरमा यात्रा गर्नेलाई त निकै समस्या छ । चाबहिल गोपिकृष्ण हल नजिक रहेको रिलायन्स क्याम्पसको कक्षा ११ मा पढ्ने नवीनप्रकाश कोइराला भन्नुहुन्छ, “बिहान घरबाट आउँदा लगाएको जुत्ता र कपडा हेरिसक्नु हुँदैन, कपन दुर्गा मन्दिरबाट क्याम्पससम्म पुग्दा कहिले हिलोमा गाडिने त कहिले मोटरसाइकल र गाडीले हिलो छ्याप्ने गरेर हैरान भएको उहाँको गुनासो थियोे ।

कपनको भृकुटी चोक, मिलनचोक, साततले, कपन प्रहरी प्रभाग, आकाशे धारा हुँदै बालुवाखानी पुग्ने सडकको अवस्था पनि नाजुक छ । लामो समयदेखि खनेको ढलको खाल्डो र यसैबाट बनेको हिलो र चिप्लो बाटोले यहाँका बासिन्दा आक्रान्त छन् ।

कपन मिलनचोकमा रहेको तरकारी बजार हुँदै आकाशे धारा पुग्ने सडकको अवस्थाका कारण स्थानीयबासी आजीत बनेका छन् । हिलोले तरकारी व्यवसायमा पनि असर पारेको समबद्ध व्यापारीको गुनासो थियो ।

त्यस्तै मिलनचोक हुँदै साततले जाने सडको अवस्था अन्य सडकको भन्दा फरक छैन । ठेकेदारले ढलको काम समयमा नसकेको र कालोपत्र नभएकाले स्थानीयवासी मारमा परेका हुन् । आकाशे धारादेखि बालुवाखानी हुँदै बसपार्कसम्मको सडक रु २० करोडको लागतमा तीन वर्षभित्र निर्माण गर्न विसं २०७३ जेठ ३ गते दिवा÷शैलुङ जेभी कम्पनीले ठेक्का पाएको थियो तर करीब तीन किलोमिटर सडक निर्माण गर्नुपर्ने निर्धारित मितिभन्दा एक वर्ष बितिसक्दासमेत सडकको अवस्था जस्ताको त्यस्तै छ ।

आकाशेधारा–राममन्दिर सडकको अवस्था पनि उस्तै छ । हिलोले सवारी साधन पनि चल्न नसक्दा निकै सास्ती खेप्नुपरेकाले तत्काल सडक कालोपत्र गरी सुविधा दिनुपर्ने स्थानीयवासीको माग छ ।

रु छ करोड ५५ लाखको लागतमा सो सडक निर्माणका लागि विसं २०७३ असार ३१ गते शैलुङ कन्सट्रक्सन प्रालिले ठेक्का पाएकामा तोकिएको मितिभन्दा करीब दुई वर्ष बितिसक्दासमेत सडक स्तरोन्ति हुन सकेको छैन ।

त्यस्तै आकाशे धारादेखि आनिगुम्बा सडक निर्माणका लागि विसं २०७५ साउन १६ गते मृतसञ्जीवनी÷वाइबा एण्ड लामा जेभी नामको ठेकेदार कम्पन्नीले रु छ करोड ३८ लाखमा निर्माण गर्ने ठेक्का पाएको थियो। विसं २०७६ साउन १५ गतेभित्र निर्माण गरिसक्नुपर्ने सो सडकको अवस्था अहिले पनि उस्तै छ ।

यसरी सडकको सास्तीले दिनहुँ हैरानी खेप्नुपर्दा पनि ठेकेदार कम्पन्नीले भने पानी लगायतको कारण देखाउँदै सडक निर्माणमा विलम्ब भएको भन्दै पन्छिने गरेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending