Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

नेपालको लज्जास्पद हार, विश्वकप सपनामा ब्रेक

काठमाडाैं । विश्व वरीयतामा एघारौँ स्थानमा रहेको नेपालले १६ राष्ट्र खेल्ने सन् २०२० मा अस्ट्रेलियामा हुने टी-२० विश्वकप खेल्ने मौका गुमाएको छ।

सिङ्गापुरमा भएको आइसीसी विश्वकप टी -२० एसिया छनोट अन्तर्गत आइतवारको अन्तिम खेलमा आयोजनले नेपाललाई ८३ रनले पराजित गरेपछि नेपालको सपना तुहिएको हो।

टस जितेर सिङ्गापुरले पहिलो ब्याटिङ गर्दै छ विकेटको क्षतिमा १९१ रनको चुनौतीपुर्ण स्कोर बनायो। नेपालले १५ ओभरमा १०८ रन मात्रै बनाउन सक्यो।

जितसँगै सिङ्गापुर दुई महिनापछि संयुक्त अरब इमिरेट्स यूएईमा आयोजना हुने टी--२० विश्वकपको ग्लोबल क्वालिफायरमा प्रवेश गरेको छ।

नेपालको कमजोर प्रदर्शन
नेपालले आक्रामक शुरूवात गरेपनि ब्याटिङ स्तरीय हुन नसक्दा पराजय भोगेको हो।

कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले पहिलो दुई ओभरमा २४ रन जोडेका थिए।

तर ठूलो रनको दबावले नेपाली ब्याट्सम्यानहरूलाई टिक्न दिएन।

ठूलो चुनौती
सिङ्गापुरको इन्डियन क्रिकेट एसोसियसनको मैदानमा टिम डेभिड र रोहन रङ्गराजनले राम्रो ब्याटिङ गरेपछि \'अघोषित फाइनल\' खेल प्रतियोगिताकै धेरै रन बनाइएको खेल बनेको थियो।

टी-२० अन्तर्राष्ट्रियमा नेपालविरुद्ध कुनै पनि राष्ट्ले बनाएको यो अहिलेसम्मकै ठूलो योगफल हो।

गतवर्ष नेदरल्याण्डले नेपालविरुद्ध १७४ रन बनाएको थियो।

डेभिडले सिङ्गापुरको लागि सर्वाधिक ७७ रन जोडे। ४३ बल खेलेका उनले आठ चौका र तीन छक्का प्रहार गरे।

दोस्रो विकेटका लागि उनले रोहन रङ्गराजनसँग ८९ रनको साझेदारी गरेका थिए।

ओपनर रङ्गराजनले ४९ रन जोड्नु सिङ्गापुरको लागि महत्तपूर्ण बन्यो।

मनप्रित सिंहले २७ बलमा ४२ रन बनाउदा सिङ्गापुरको स्कोर दुई सय नजिकै पुग्न सक्यो।

नेपालका लागि अविनाश बोहोराले चार तथा करण केसीले दुई विकेट लिए।

अनुभवी खेलाडी वसन्त रेग्मीले चार ओभरमा ५४ रन दिए जुन नेपालको तर्फबाट हालसम्मकै सबैभन्दा खराव बलिङ हो।

सन्दीप लामिछानेले तीन ओभरमा ३४ रन दिए। यी दुवै स्पीनर विकेटविहिन भए।

ग्लोबल क्वालिफायरमा को को
यूएईमा हुने ग्लोबल क्वालिफायरमा १२ राष्ट्र छनौट भइसकेका छन्।

टी-२० अन्तर्राष्ट्रिय विश्व वरीयतामा ११ देखि १६ स्थानमा रहेका स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड्स, हङकङ, ओमान र आयरल्याण्ड छन्। यद्यपी निलम्बनमा परेका कारण जिम्बाबेले प्रतियोगिता खेल्न नपाउन सक्छ।

आयोजकका रुपमा यूएई स्वतस् छनौटमा परेको छ।

त्यसबाहेक पूर्वी एसिया प्यासाफिकबाट पपुवा न्युगिनी, अफ्रिकाबाट दुई टोली केन्या र नामिविया तथा युरोपबाट जर्सी छनोट भइसकेको छ।

अब अमेरिकाबाट दुई राष्ट्को छनौट हुन बाँकी छ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending