Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

इरानी मालबाहक जहाज क्यास्पियन सागरमा डुब्यो

सीएनएन । क्यास्पियन सागर नजिक अजरबैजानको लन्कारन बन्दरगाह एक इरानी मालबाहक पानी जहाज डुबेको छ ।

इरानको सरकारी समाचार संस्था आइआरएनएका अनुसार अजरबैजानको स्टेट मेरिटाइम एड्मिनिस्ट्रेसनले इरानी मालबाहक पानी जहाज बन्दरगाह नजिक दुर्घटनामा परेको संकेत प्राप्त भएको बताएको छ ।

सो समाचार संस्थाका अनुसार शबाहाङ नाम गरेको पानी जहाजका चालकले सहयोगका लागि अनुरोध गर्दै भनिरहेका थिए, ‘हामी डुबीरहेका छौँ, हामी डुबिरहेका छौँ ।’

शबाहाङले पानीजहाजले इरानको अञ्जली बन्दरगाहबाट रसियाको मखाच्कलातर्फ टायल ल्याउँदै गरेको अवस्थामा अजरबैजानको अस्तरा बन्दरगाहबाट २३ माइलको क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।

शबाहाङ दुर्घटनामा परेसँगै जहाजमा पानी भरिएपछि डुबेको इरानको पोर्ट एन्ड मेरिटाइम अर्गनाइजेसन जलिल इस्लामीले आइआरएनएलाई बताएको छ ।

अझैसम्म जहाजमा फसिरहेका चालकदलका ९ जना सदस्यको सुरक्षित उद्धारका लागि अजर वैजानको दुईवटा हेलिकम्पटर र तट रक्षकहरु उद्धार कार्यमा खटिएका छन् । चालक दलमा सात जना इरानी र दुई जना भारतीय रहेका छन् ।

दुर्घटाको कारण अझैसम्म प्रष्ट हुन सकेको छैन ।एजेन्सी

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending