परासी । वर्षाको मौसमसँगै पश्चिम नवलपरासीस्थित बर्दघाट नगरपालिका–२ सुखौराका ५० विद्यार्थी पढाइ छोड्न बाध्य भएका छन् । माध्यमिक तहको अध्ययनका लागि सुनवल नगरपालिका–१२ भूमही पुग्नुपर्ने बाध्यता रहेका त्यहाँका बालबालिका स्थानीय डम्बरभार खोलामा पुल नभएकै कारण विद्यालय जान नपाएका हुन् ।
हिँउदमा खोलामा पानी नहुने भएकाले सजिलै आवातजावत गर्ने उनीहरु अहिले खोला बढेपछि पढाइ छोड्न बाध्य भएको स्थानीयवासी देवान गुरुङले जानकारी दिए । “बर्दघाट र सुनवल नगरपालिका जोड्ने गरी सुखौरा र जर्गाहाको बीचमा रहेको डम्बरभार खोलामा पुल नहुँदा जोखिम मोलेर तर्नुपर्छ, स–साना बालबालिका तर्न सक्ने अवस्था हुँदैन, वर्षाभरि हाम्रा बालबालिका विद्यालयबाट वञ्चित हुनुपरेको छ ।”, उनले भने ।
त्यहाँका ५० बढी विद्यार्थी मावि तह तथा क्याम्पस तहको पढाइका लागि भूमहीका विभिन्न विद्यालयमा अध्ययनरत छन् । बर्दघाटमा पर्ने सुखौरामा प्राथमिक तहभन्दा माथिको विद्यालय नहुँदा यहाँका विद्यार्थी सुनवलको भूमहीमा पढ्न आउनुपर्ने बाध्यता छ । खोला बढेपछि त्यस क्षेत्रमा सञ्चालन हुने यातायात बन्द भएको छ ।
खोलामा पानी बढेपछि जोखिम मोलेर तर्नुपर्ने बाध्यताका कारण धेरै बालबालिकाले बीचमै पढाइ छाड्नुपर्ने अवस्था रहेको सोही गाउँबाट भूमहीको मोतीलाल क्याम्पसमा स्नातक अध्ययनरत नेत्रबहादुर थापाको गुनासो छ । भूमही–जर्गाहा–धुरकोट सडकखण्डअन्तर्गत उक्त खोलामा प्रदेश नं ५ स्थित भौतिक पूर्वाधार विकास मन्त्रालयको रु एक करोडको बजेटमा असारभित्रै सम्पन्न गर्ने गरी आरसिसी भेन्टेड कजवे पुल निर्माण थालिएको थियो । पुल समयमा नबनेपछि यस वर्ष पनि यहाँका स्थानीयवासीले सास्ती भोग्नुपरेको छ ।
पुल निर्माण समयमा सम्पन्न हुने र आफूहरुलाई सहज हुने विश्वास गर्दै खुशी भएका स्थानीयवासी अहिले निराश बनेको स्थानीयवासी गुरुङले बताए । पुल निर्माणको काम अहिलेसम्म ३० प्रतिशत मात्रै सम्पन्न भएको छ । समयमा पुल निर्माण नभएपछि रु ४० लाख ‘फ्रिज’ भएको छ । चालू आव २०७६÷०७७ का लागि पुनः मन्त्रालयले रु ८० लाख बजेट विनियोजन गरी सडक कालोपत्रे र अधुरो पुल निर्माण गर्ने योजना बनाएको प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले बताए।
मन्त्री चौधरीले सुखौरावासीले सडक, पुल, शिक्षा, जग्गालगायतमा भोग्दै आएको समस्या समाधानमा पनि प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताए । सुखौरामा करीब १४० घरधुरी छन् । भौगोलिकरूपमा विकट रहेको सुखौराका नागरिकले दैनिक उपभोग्यलगायतका सामान किनमेलका लागि पनि भूमही नै पुग्नुपर्ने बाध्यता छ । खोला बढेको र पुल पनि नभएपछि अहिले निकै समस्या भएको स्थानीयको गुनासो छ ।
तिरुपति निर्माण तथा सप्लायर्स सुनवल नवलपरासीले निर्माणको जिम्मा पाएको उक्त पुल लम्बाइ ३५ मिटर, चौडाइ छ मिटर र उचाइ तीन मिटर र दशवटा बक्सको कजवे निर्माण हुनेछ । उक्त खोलामा पुल नहुँदा सुखौराका बासिन्दा आफ्नै वडा कार्यालय जान, बजार आवतजावत गर्न तथा बालबालिकालाई वर्षाको समयमा विद्यालय छाड्नुपर्ने बाध्यता रहेको हो ।
प्रशासनिक र राजनीतिक हिसाबले बर्दघाट नगरपालिकामा परे पनि सुखौराका बासिन्दा सामाजिक र वित्तीय पहुँचको दृष्टिले सुनवल नगरपालिकामा निर्भर छन् । “पुल नहुँदा हामीले धेरै सास्ती पाउनुपरेको छ, सडकसमेत ग्राभेलमात्र छ, आवतजावत गर्न कठिनाइ भइरहेको छ, एम्बुलेन्स आउन नसक्दा औषधि उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्ने, किनमेलका लागि बजार आवतजावतमा कठिनाइ भोग्नुपरेको छ ।”, गुरुङले भने।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: