Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

खच्चड व्यवसायी धनकमल गुरुङ तस्करीकाे १६ किलो सुन सहित पक्राउ


गोरखा । धनकमल गुरुङ खच्चड व्यवसायी हुन् । चुमनुब्री गाउँपालिका–७ छेकम्पारमा उनको खच्चड व्यवसाय छ । उनी होटल पनि चलाउँछन् । गुरुको व्यवसाय खच्चड र होटल मात्र रहेनछ, उनी त अवैध सुन कारोबारी पनि रहेछन् । प्रहरीले उनको साथबाट १६ किलो सुन बरामद गरेपछि उनको अवैध धन्दा बाहिर आएको हो ।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - असार ११ गते राति गुरुङ आफ्ना गोठालासहित बेसी झर्दै थिए । गोठालाले मालिकले सुन ल्याएको सुराकी केही युवालाई दिए । सुन ल्याइरहेका गुरुङमाथि आक्रमण भयो । धनकमल खच्चडको भारी फुकाएर आक्रमणकारीबाट बच्न सफल भए । उनले सुन पनि लुकाउन भ्याए । आक्रमणको घटनाबारे माछाखोला प्रहरी चौकीमा जानकारी भएपछि प्रहरी घटनास्थलमा पुग्यो । आक्रमणकारी भागे । धनकमल पनि फरार भए । भाग्दै गरेका आक्रमणकारीमध्ये तीनजना गुम्दाबाट पक्राउ परे भने अन्य ६ जना फरार छन् ।

धनकमल भने यसबीच तीन फेर परिवारको सम्पर्कमा तथा खोर्लाबेसीमा देखा परिसकेका थिए । उनलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । सुनका मुख्य कारोबारी तिब्बती नागरिक भएको र प्रमुख भरिया छेकम्पारका बासिन्दा भएको अनुमान छ । १६ किलोग्राम सुनसहित एक महिनादेखि फरार धनकमललाई प्रहरीले बिहीबार धार्चे गाउँपालिका–३ बाट पक्राउ गरेको छ । गोरखाका एसपी ओम अधिकारीका अनुसार खोर्लाबेसीको जंगलको ओढारमा लुकाई–छिपाई राखेको १६ किलोग्राम सुन पनि बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा धनकमलले चुमनुब्री गाउँपालिका–७ छेकम्पारबाट खच्चडमा बोकाएर सुन ल्याएको स्वीकार गरेका छन् ।

उनले काठमाडौंसम्म पु¥याउने योजनाका साथ सुन ल्याएको बयान दिएको एसपी अधिकारीले बताए । ‘जमिनभित्र झोला र सलमा बेरेर बोराभित्र राखेको अवस्थामा सुन भेटियो’, अधिकारीले भने । उनले सुन राजस्व अनुसन्धान विभागमा पठाइने बताए । ‘सुन राजस्व अनुसन्धान विभागमा बुझाउँछौं’, एसपी अधिकारीले भने, ‘अबको मुद्दा चलाउने, अनुसन्धान गर्ने काम बिभागले नै गर्ने छ ।’

रसुवागढी र तातोपानी नाका व्यवस्थित बन्दै गएपछि तस्करले गोरखा नाका प्रयोग गर्न थालेका छन् । गोरखाको रुइला र ङुइला नाका हुँदै अवैध ओसारपसार बढ्न थालेको हो । पछिल्लो पटक छेकम्पारको ङुइला नाका हुँदै तिब्बतबाट भित्रिएको १८ किलोमध्ये १६ किलोग्राम सुन बरामद भएको छ । यसअघि २०७५ भदौ २३ गते चुमनुब्री गाउँपालिका ३ सिर्दिबासबाट प्रहरीले १० किलोग्राम सुन बरामद गरेको थियो । पाँच–पाँच किलो सुन बोकेर आएका चुमनुब्री गाउँपालिका–७ छेकम्पारका ५८ वर्षका डुण्डुप लामा र २८ वर्षका लोप्साङ पेम्बे लामालाई फिलिमबाट प्रहरीले पक्राउ गरेको थियो । २०७४ कात्तिक १६ गते लम्जुङको खुदीबाट १७ किलो सुनसहित पासाङ लामा पक्राउ परेका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending