गोरखा । गोरखामा पहिलो पटक खसीबोका सङ्कलन केन्द्र निर्माण भएको छ ।
जिल्लाभरका किसानले पालेका खसीबोका बिक्रीका लागि सो केन्द्र निर्माण भएको हो । गोरखा नगरपालिका–११ स्थित बाह्रकिलो बजार नजीकै करीब ५०० वटा खसीबोका अट्ने गरी सङ्कलन केन्द्र निर्माण गरिएको पशु सेवा विज्ञ केन्द्र गोरखाका प्रमुख डा ब्रज किशोर ठाकुरले जानकारी दिए ।
गण्डकी प्रदेश भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा गोरखा जिल्लामा खसीबोका सङ्कलन केन्द्र निर्माण भएको उनले बताए । जिल्लाभरका किसानले उत्पादन गरेको खसीबोका बिक्रीका लागि सजिलो होस् भन्ने उद्देश्यले सबैलाई पायक पर्ने स्थानमा सङ्कलन केन्द्र निर्माण गरिएको डा ठाकुरको भनाइ छ । \'यहाँका किसानलाई खसीबोका बिक्रीका लागि उपयुक्त बजार नहुँदा समस्या हँुदै आएको थियो\', उनले भने, \'अब जिल्लाभरका सबै किसानले आ–आफ्नो घरमा पालेका खसीबोका यहाँ ल्याएर बिक्री गर्न सक्नुहुन्छ ।\' सङ्कलन केन्द्रमा किसानले ल्याएर राख्दा पैसा नलाग्ने व्यवस्था गरिएको उनले बताए ।
केन्द्रमा खसीबोका राख्नका लागि सुरक्षित खोरहरु निर्माण गरिएका छन् । \'प्रत्येक खसीबोकालाई चिसोबाट जोगाउन सकिने गरी खोर निर्माण गरिएको छ\', उनले भने, \'किसानहरुले आफैँले पालेर बिक्रीका लागि ल्याउँदा सबै बिक्री भइहाल्छ भन्ने छैन, बिक्री नभएका जति यहाँ राखेर अर्को दिन बिक्री गर्न सक्छन् तर सङ्कलन केन्द्रमा राखिएको खसीबोका रेखदेख र हेरविचार भने किसान आफैँले गर्नुपर्ने हुन्छ ।\'
\'गाउँमा किसानले उत्पादन गर्दै आएको खसीबोकाले बजार नपाउने र बिक्री गर्ने ठाउँको समेत अभाव हँदा समस्या हुँदैआएको थियो, अब यहाँ सङ्कलन केन्द्र निर्माण भएसँगै यो समस्याबाट किसान मुक्त भएका छन्\', डा ठाकुरले भने ।
जिल्लाबाहिरका व्यापारीहरुलाई सङ्कलन केन्द्रमा केन्द्रित गर्ने र जिल्लाभित्रका खसीबोका पाल्दै आएका किसानलाई पनि सङ्कलन केन्द्रमा केन्द्रित गरी व्यवसायको प्रवद्र्धन गर्न जोड दिइने उनले बताए । यसले जिल्लाभरको उत्पादन गरिने खसीबोकाको बिक्रीका लागि अब बजारको समस्या नहुने उनको भनाइ छ ।
बाह्रकिलो बजारबाट राजधानी काठमाडौ, पोखरा, चितवन, वीरगञ्ज लगायतका मुख्य–मुख्य शहरसम्म खसीबोका पुर्याउन सजिलो हुने भएकाले उक्त स्थानमा सङ्कलन केन्द्र निर्माण गरिएको प्रमुख डा ठाकुरले जानकारी दिए । \'सडकदेखि नजिक सबै ठाउँमा आउजाउ गर्न यातायातको सुविधा तथा खसीबोका कुनै समस्या आइहालेमा उपचारका लागिसमेत नजिकै पशु अस्पताल रहेका यही ठाउँ उपयुक्त भएकाले छनौट गरी सङ्कलन केन्द्र निर्माण गरिएको हो\', उनले भने ।
सङ्कलन केन्द्र निर्माणका लागि कूल रु चार लाख ३० हजार खर्च भएको कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालय गोरखाको समन्वयमा सामुदायिक वनको स्वामित्वमा रहेको वनको जग्गामा सङ्कलन केन्द्र निर्माण गरिएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए। सङ्कलन केन्द्र निर्माण गरिएसँगै दशैँ लगायतका अन्य ठूला चाडपर्वका बेला जिल्लामा उत्पादित खसीबोका अन्य जिल्लामा निर्यात गर्न सजिलो हुने उनले बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: