Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

पाकिस्तानकै सूचनाका आधारमा बिन लादेन मारिए – प्रधानमन्त्री खान

वासिङ्टन । अमेरिका भ्रमणमा रहनुभएका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आतंकवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेन पाकिस्तानमा रहेबसेको ठाउँका बारेमा पाकिस्तानी गुप्तचर निकायहरुले नै अमेरिकालाई सूचना दिएको बताएकबा छन्।

पाकिस्तानले हालसम्म बिन लादेन पाकिस्तानको कुन ठाउँमा बस्थे भन्ने आफूहरुलाई आधिकारिक जानकारी नभएको बताउँदै आएको थियो । अमेरिकी विशेष फौजले पाकिस्तानभित्रै प्रवेश गरेर सन् २०११ मे २ तारिखमा गरेको कारबाहीमा बिन लादेन मारिएका थिए ।

अमेरिकी गोप्य कारबाहीका कारण पाकिस्तान र अमेरिकाबीच लामो समयदेखि विवाद हुँदै आएको छ । पाकिस्तानले अमेरिकामाथि आफ्नो सार्वभौमसत्ता हनन गरेको आरोप लगाउँदै आएको छ ।

पाकिस्तानी चिकित्सक शकील अफ्रिदीले खोप अभियानका नाममा बिन लादेन रहेबसेको स्थान पत्ता लगाएका थिए । पाकिस्तानले तिनै चिकित्सक अफ्रिदीमाथि देशद्रोही कार्य गरेको भन्दै जेलमा राखेको छ ।

अमेरिकी सञ्चार माध्यम फक्स न्यूजलाई दिनुभएको अन्तर्वार्तामा भने – शकिललाई छाड्ने भन्ने विषय निकै भावनात्मक छ, किनभने शकिललाई पाकिस्तानमा जासूसको रुपमा व्यवहार गरिन्छ । हामी पाकिस्तानमा अमेरिकालाई सहयोगी मुलुकको रुपमा लिन्छौं र यदि हामीले नै सूचना दिएको भए हामीले ओसामा बिन लादेनलाई त्यहीबेला अमेरिकाको जिम्मा लगाउनु पथ्र्यो ।

बिन लादेनका बारेमा पाकिस्तानी गुप्तचर निकायलाई जानकारी थियो त भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री खानले भन्नुभयो– गुप्तचर निकायले सूचना दिएकै हो र त्यही आधारमा ओसामा बिन लादेन रहेबसेको ठाउँ पत्ता लगाउन सहयोग पुगेको थियो । आइएसआईले नै फोन गरेर अमेरिकी गुप्तचर निकायलाई जानकारी गराएको हो ।

तर प्रधानमन्त्री खानले पाकिस्तानी गुप्तचर निकायले कहिले, कहाँ र कसरी जानकारी गराएको थियो भन्ने विस्तृत रुपमा बताउन चाहेनन् ।

पाकिस्तानले आफूहरुलाई बिन लादेनका बारेमा जानकारी भएको औपचारिक रुपमा नबताए पनि पूर्व गुप्तचर असाद डुरानीले सन् २०१५ मा अल जजिरालाई दिएको अन्तर्वार्तामा पाकिस्तानी गुप्तचर निकाय ९आइएसआई० लाई बिन लादेन लुकेर बसेको ठाउँका बारेमा जानकारी भएको दाबी गरेका थिए ।

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावर आक्रमणका मुख्य अभियुक्त बिन लादेन पाकिस्तानको राजधानी इस्लामावाद नजिकैको अबोटाबादमा मारिएका थिए । अमेरिकाले लादेनलाई पक्राउ गर्न सम्पूर्ण शक्ति लगाएको थियो । तर अबोटाबादमा बिन लादेन कहिलेदेखि बसेका थिए भन्ने अद्यापी अन्यौल नै छ ।

सन् २०१३ मा सार्वजनिक भएको एक पाकिस्तानी सरकारी गोप्य रिपोर्टमा बिन लादेन सन् २००२ देखि पाकिस्तानमा रहेको उल्लेख छ । अमेरिकाले सन् २००१ मा अमेरिकी नेतृत्वमा अफगानिस्तानमा आक्रमण गरेपछि नै उनी पाकिस्तान भागेको अनुमान गरिएको छ, र सन् २००५ अगष्टदेखि ओसामा अबोटाबादमा बस्दै आएका थिए ।

अमेरिकी गठबन्धनले ओसामा बिन लादेनलाई पाकिस्तानी गुप्तचर निकाय र सेनाले नै संरक्षण दिएको आरोप लगाउँदै आएको थियो । एएफपी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending