बागलुङ । नेपाल टेलिकम बागलुङले आफ्नो सेवालाई गुणस्तरीय तथा द्रुतगतिको इन्टरनेट सेवा प्रदान गर्नका लागि पूर्णतः फाइवर तारयुक्त बनाएको छ । बागलुङ बजारमा नमूनाको रुपमा कपर (तामाको तार)को प्रयोग हटाई पूर्णतः फाइवर तारको प्रयोग गरी ‘फाइवर टु दि होम’ सेवा शुभारम्भ गरिएकोे नेपाल टेलिकम बागलुङले जनाएको छ ।
टेलिकमले एक वर्ष लगाएर प्रमुख लाइनको रुपमा जमीनमुनि र शाखा लाइनको रुपमा पोलको प्रयोग गरेर सेवाग्राहीको घरसम्म फाइवर तार बिच्छ्याउने काम सम्पन्न गरेको छ । नेपालमै नमूनाको रुपमा रहेको ‘फाइवर टु दि होम’ को सम्पूर्ण काम सम्पन्न भई सेवाको सञ्चालन गरिएको नेपाल टेलिकमका प्रमुख केशव शर्माले बताए। “सेवाग्राहीको घरघरसम्म तार तथा डिभाइस वितरण गरिसक्यौँ”, शर्माले भने, “टेलिकमका नयाँ ग्राहकको घरमा फाइवर सेवा शुरु भयो भने पुराना ग्राहकलाई केही दिनमै सेवा प्रदान गर्नेछौँ ।”
टेलिकमले नेपालका विभिन्न ठाउँमा फाइवरमार्फत इन्टरनेट सेवा प्रदान गरे पनि बागलुङमा भने इन्टरनेट र फोन दुवै सेवा फाइवरमार्फत दिन थालेको हो । पुरानो प्रविधिको तामाको तारको प्रयोग गर्दा धेरै प्रकारका तार टाँग्नुपर्ने, इन्टरनेटको गति घट्दै जाने, पटक–पटक आउने समस्याले सेवाग्राहीले हैरानी खेप्नुपर्ने अवस्था फाइवर सेवा प्रदान गर्न थालेपछि अन्त्य भएको शर्माको भनाइ छ ।
एक महीनाभित्र सम्पूर्ण ग्राहकलाई कपर विस्थापित गरेर फाइवरमा लगिसक्ने योजना रहेको टेलिकमले जनाएको छ । बागलुङ बजार क्षेत्रमा रहेका करीब तीन हजार ल्याण्डलाइन टेलिफोन तथा सोही सङ्ख्याका एडिएसएल इन्टरनेटका सेवाग्राहीले अब एकैसाथ फाइवर प्रविधिको भ्वाइस तथा डाटाको सेवा लिन पाउनेछन् । पुरानो प्रविधिलाई पूर्णतः विस्थापित गरी नयाँ प्रविधिको प्रयोगबाट फाइवर सेवा दिन शुरु गरेको टेलिकम बागलुङले जनाएको छ ।
नयाँ ग्राहकलाई फाइवर सेवा प्रदान गरेर सेवाको शुभारम्भ गरे पनि अबको एक महीनाभित्र बागलुङ बजारका सबै ग्राहकलाई फाइवर उपलब्ध गराउने टेलिकम प्रमुख शर्माले बताए । कपर प्रविधिको इन्टरनेटमा भन्दा फाइवर प्रविधिको इन्टरनेट द्रुत गतिमा चल्ने टेलिकमले जनाएको छ ।
टेलिकमको नयाँ तथा पुराना ग्राहकलाई निःशुल्क डिभाइस प्रदान गरिएको टेलिकम प्रमुख शर्माले बताए । “पुरानो प्रविधिको एडिएसएल चलाइरहेकालाई पुनः नयाँ डिभाइस किन्न समस्या हुनसक्ने भएकाले नयाँ प्रविधिका डिभाइस टेलिकमले निःशुल्करुपमा उपलब्ध गराउने अभियान शुरु गरेको छ”, शर्माले भने, “सेवाग्राहीले निःशुल्क डिभाइस प्राप्त गर्दा पुरानो डिभाइस विस्थापित गर्न सहज भयो ।”
हाल तामाको तारमार्फत जडित एडिएसएल इन्टरनेट सेवा दुई एमबिपिएसदेखि पाँच एमबिपिएस गतिमा मात्र चल्ने भए पनि यो प्रविधिको प्रयोग हुँदा घटीमा आठ एमबिपिएसदेखि ५५ एमबिपिएस गतिमा चल्नेछ । फाइवर जडानपछि हाल पुरानो प्रविधिमा प्रयोग भइरहेका आठ वटा तार विस्थापित भई एउटा मात्र तारको प्रयोग गरिएको छ ।
अनावश्यक तार हटाउँदा बागलुङ बजारको सौन्दर्यीकरणसमेत हुने टेलिकमले जनाएको हो । टेलिकमले बागलुङ बजारको जमीनमा अप्टिकल फाइवर बिच्छ्याएर छ हजारभन्दा बढी ग्राहकले लाइन तान्न मिल्ने गरी छ वटा क्याविनेटसमेत निर्माण गरिसकेको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: