Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

१० असारभित्र ल्याउनुपर्ने बजेट ७२ स्थानीय तहले अझै ल्याएनन्

बजेट नल्याउने स्थानीय तहलाई कारबाही : मन्त्रालय

काठमाडौं ।७२ वटा स्थानीय तहले संवैधानिक व्यवस्थाको उल्लंघन गर्दै यस वर्षको बजेट ल्याउन ढिलाइ गरेका छन् । संविधानअनुसार स्थानीय तहले आर्थिक वर्ष ०७६/७७ को बजेट १० असारभित्रै गाउँरनगर सभामा पेस गरेर असार मसान्तसम्म पारित गरिसक्नुपर्छ । तर, महिना सकिनै लाग्दा पनि ती स्थानीय तहले गाउँरनगर सभामा बजेट पेस गर्न सकेका छैनन् ।

‘आजको नयाँ पत्रिका दैनिकमा खबर छ - जहिले ल्याए पनि हामीले नै ल्याउने हो भन्ने मानसिकता, मेयर आफैँ अल्पमतमा पर्नुजस्ता कारणले असार सकिन लाग्दा पनि स्थानीय तहले बजेट नल्याएका हुन्,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भूपाल बरालले भने, ‘हामीले स्थानीय तहलाई बजेट ल्याउन नसक्नुका कारण पठाउन भनेका छौँ ।’ मन्त्रालयले २३ असारमै बजेट ल्याउन नसक्नुका कारण दुई दिनभित्र पेस गर्न ती स्थानीय तहलाई परिपत्र गरेको थियो । ‘तर, कुनै पनि तहले जवाफ पठाएका छैनन्,’ प्रवक्ता बरालले भने ।
परिपत्रलाई अटेर गरी समयमा बजेट पेस नगर्ने स्थानीय तहलाई कारबाही गर्ने विषयमा पनि मन्त्रालयमा छलफल चलिरहेको छ । ‘बजेट पास नभई खर्च भएमा त्यो गैरकानुनी हुन्छ । बेरुजु धेरै हुन्छ । तर, स्थानीय तहले अझै लापरबाही गरिरहेका छन्,’ बराल भन्छन्, ‘त्यसैले बजेट पेस नै नगर्ने स्थानीय तहलाई सजाय गर्ने कि भन्ने विषयमा छलफल चलिरहेको छ ।’

नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले भने कर्मचारी अभाव, प्रमुख प्रशासकीय अधिकृतको लापरबाही तथा राजनीतिक विवादजस्ता कारणले सबै स्थानीय तहले समयमै बजेट पेस गर्न नसकेको बताउँदै आएको छ । ‘मसान्तसम्ममा ढिलाइ गरेका स्थानीय तहले पनि बजेट पेस गर्छन्,’ गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङले भने ।

बजेट पेस नगर्नेमा प्रदेश २ का तह धेरै
बजेट पेस नगर्ने ७२ मध्ये आधा स्थानीय तह प्रदेश २ का छन् । यो प्रदेशका ३६ स्थानीय तहले बजेट ल्याएका छैनन् । प्रदेश ३ का १०, प्रदेश १, प्रदेश ५ र कर्णाली प्रदेशका ६–६ स्थानीय तहले बजेट पेस गर्न सकेका छैनन् । त्यस्तै, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका ४–४ वटा स्थानीय तहले बजेट ल्याएका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा १ मा उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र सभामा पेस गर्नुपर्ने व्यवस्था छ । उपदफा ६ मा उपदफा १ वा ५ बमोजिम पेस भएको बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending