काठमाडौँ। असार महिना बिहेको मौसम । पहिले–पहिले भए यो महिना दिलमाया तुलाधरलाई केटा र केटी पक्षको कुरो मिलाउँदैमा एकछिन फुर्सद हुँदैनथ्यो तर अचेलको असार मात्र होइन, मङ्सिरमा पनि उनलाई फुर्सदै फुर्सद हुन्छ । यो असारमा दिलमाया घरमै आरामसँग बत्ती कातेर बिताउँदै छिन् ।
आजको गोरखापत्र दैनिकमा खबर छ उपत्यकाका रैथाने नेवार समुदायमा पनि पहिले–पहिले ‘लमी’कै भरमा बिहे गराउने चलन थियो । केटा वा केटीको बिहेमा ‘लमी’ले अभिभावकभन्दा ठूलो भूमिका निर्वाह गरेका हुन्थे तर अहिले शिक्षा र प्रविधिको विकाससँगै लमीको काम सबै केटाकेटी अफैँले गर्ने गरेको छ । फेसबुकबाट चिनजान हुन्छ । कलेजमा एक अर्कासँग प्रेम पर्छ । त्यसैलै अहिले केटा वा केटी खोज्न लमी नचाहिने स्थिति हुँदै गएको छ । विगत ४० वर्षदेखि लमीको काम गर्दै आएकी असन निवासी तुलाधर भन्छिन्, “लमीको काम पुण्यको काम भनिन्छ तर यही कामबाट मैले मेरो घर चलाएकी थिएँ । अहिले भने विवाहका लागि हामी चाहिँदैन, जसको पनि प्रेमी, प्रेमिका छ भन्छन् । कुरो लिएर जान पनि लाज हुन्छ । ”
त्यति बेलाका ‘लमी’को भूमिका केटा वा केटी जुटाइदिने मात्रै हुँदैन्थ्यो । आफूले खोजिदिएको बेहुलीको बाटैमा निधन भयो भने पनि उसको काजकिरिया लमीले नै गर्नुपथ्र्यो ।
त्यतिबेला नेवार समुदायमा प्रायः केटाको विवाह गराउन लमीकै बाटो अपनाउने चलन भएको बताउँदै तुलाधरले लमीले केटीको घरमा गएर विवाहको छिनोफानो टुङ्ग्याउने, त्यसपछि बेहुलाका बुबा र लमी गएर बेहुली ल्याउँथ्यो । घरमा ल्याइसकेपछि मात्रै बेहुलाले बेहुलीलाई प्रत्यक्ष रूपमा हेर्न र कुराकानी गर्न पाउने चलन रहेको जानकारी दिइन् ।
संस्कृतिविद् डा। सत्यमोहन जोशीका अनुसार विवाहका बेला लमीलाई नै केटी खोज्न र रोज्न पठाइन्थ्यो । लमीले केटालाई केटीका गुण र चरित्रबारे जानकारी गराउँछ । सोहीअनुसार केटाका आफन्तलाई बुझाउँछ । यतिकैमा केटी पक्षका मञ्जुर भए भने लमीले दुवै पक्षतिर विवाह गर्ने टुङ्गो लगाएर केटीको घरमा जान्छ ।
उनले यसरी जमानत बसेर विवाह गराउँदा त्यतिबेलाको समाजमा कुनै पनि किसिमका नराम्रो घट्ना नभएको बताए ।
जोशीले माइतबाट विवाह गरेर बेहुलाको घर ल्याउँदै गर्दा कुनै कारणले बेहुलीको मृत्यु भयो भने त्यतिबेलाको भागिदारसमेत लमी नै हुनुपर्ने परम्परा रहेको सुनाउँदै अहिले भने लोप भएको जानकारी दिए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: