Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

अवैज्ञानिक सडकले विपत्ति

पाँचथर । असार ११ गतेको पहिरोले पाँचथरको याङवरक २ फलैँचामा एक घर भत्कायो। पहिरोका कारण करिब दर्जन घरका परिवार विस्थापित भए। गाउँसम्म सडक विस्तार गरेपछि सामान्य वर्षा हुँदा पनि पहिरो गएको स्थानीय बताउँछन्। ‘सडक आसपासबाटै पहिरो सुरु भएको छ,’ स्थानीय कृष्ण प्याकुरेल भन्छन् ‘सडक खनेको ठाउँमा जताततै पहिरो गएको छ।’

आजको अन्न्पुर्ण पोष्ट दैनकिमा खबर छ- मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बामा शुक्रबार पहिरोले टीकाराम लावतीको घर भत्कायो। घर मुन्तिरबाट खनिएको सडकबाट सुरु भएको पहिरोले लावतीको घर भत्काएको वडाध्यक्ष अविसन लावतीले जानकारी दिए। मिक्लाजुङका विभिन्न स्थानमा सडक आसपासबाटै पहिरो जान सुरु भएको उनको भनाइ छ।

तीन वर्षअघि घरदेखि दुई कान्ला मुन्तिरबाट विस्तार गरिएको सडकमा हर्न बजाउँदै गाडी गुड्दा फालेलुङ–३ ताङ्लेपाको स्कुल टोलका ६२ वर्षीय विष्णुभक्त लावती खुसीले गद्गद् थिए। तर, उनको त्यो खुसी वर्ष दिन नपुग्दै विपत्तिमा परिणत भयो। ०७४ साउन २६ गते रातिदेखि चार दिनसम्म निरन्तर परेको वर्षातपछि घरछेउकै सडकबाट सुरु भएको पहिरोले उनको घर भत्काइदियो। २७ साउनको बिहान घर मुन्तिरबाट विस्तार गरिएको सडक भित्तादेखि पहिरो जान थाल्यो। जसोतसो भागेर ज्यान बचाएका उनी र उनको परिवारले हेर्दाहेर्दै घर र बारी पहिरोमा परिणत भयो। उनको घरसहित अन्नबाली लगाएको २० रोपनी जमिन पहिरोले लग्यो।

०७४ साउन २७ गते बिहानको पहिरोले फालेलुङ–१ चुक्पादिनका ८३ वर्षीय तिलोचन विकको ज्यान लियो। विकसहित यहाँका चार घरलाई सडकमाथिबाट आएको पहिरोले पुर्‍यो। स्थानीय भन्छन्, ‘पाखो परेको भिरालो जमिनमा डोजर ९स्काभेटर० लगाएर जथाभावी सडक खनेकै कारण सडक आसपासबाट अहिले पनि दर्जनौं स्थानमा पहिरो गएको छ।’

गाउँसम्म गाडी गुड्ने भएपछि स्थानीय सरकारले विकासको नाममा सडकलाई प्राथमिकता दिँदा यस्तो अवस्था आएको स्थानीय बुद्धिजीवी बताउँछन्। विकासको नाममा विकट गाउँमा पनि डोजर चलाइएको छ। सडक विस्तार गर्ने नाममा जताततै डोजर चलाएर पहाडका भिराला पाखा चिरा–चिरा बनाएको छ। केही महिनामै गाउँमा सडक विस्तार भएपछि स्थानीय आफूलाई पायक पर्ने गरी व्यक्तिगत लगानीमा पनि सडक विस्तार गरिरहेका छन्। आफ्नो घरसम्म सडक लैजान गाउँमा हुनेखानेहरूको होडबाजी नै चल्ने गरेको छ। जसले गर्दा भिराला पाखामा पहिरोको जोखिम बढेर गएको छ।

पहाडी क्षेत्रको तीव्र रूपमा विकास गर्ने नाममा डोजर प्रयोग गरी अन्धाधुन्ध सडक विस्तार गरिँदै छ। अवैज्ञानिक रूपमा ग्रामीण सडक तीव्र विस्तार गरिएकै कारण भूकम्पले हल्लाएको भिरालो र पाखो जमिनमा पहिरो गएको हो। ठुल्ठूला मेसिन प्रयोग गरेर विस्तार गरिएको सडकलाई नै आधार बनाएर पाँचथरका विभिन्न क्षेत्रमा पहिरो गएको छ। सडकको छेउ या भित्ताबाट गएको पहिरोले नै गाउँमा विपत्ति निम्त्याएको फालेलुङ–७ का वडाध्यक्ष शेरबहादुर केरुङ बताउँछन्। उनी भन्छन्, ‘सडक खनिएको ठाउँमा पहिरो गएको छ। विकास गर्ने नाममा डोजर प्रयोग गरी पहाडलाई चिरा–चिरा पारियो। विकासको नाममा जथाभावी खनिएको सडकले विनाश निम्त्यायो।’

जिल्लाका अधिकांश बस्तीमा नयाँ सडक विस्तार गरिएको छ। यसरी विस्तार गरिएका सडकमा नालीको व्यवस्था छैन। सडकबाट डोलिएर ठूलो आकार लिएको भेलले उचित निकास नपाउँदा बस्तीमा पहिरो गएको हो। ‘डोजरले जथाभावी जमिन हल्लाएको छ,’ फालेलुङ–५ का वडाध्यक्ष भन्छन्, ‘वर्षातका कारण सडकमा डोलिएको पानी व्यवस्थापन गर्न नसक्दा थिलथिलो भएको जमिनमा पहिरो जान थालेको हो।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending