Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

जोडी देख्दा डाह लाग्छ, भन्छिन् पिउनुको मजा नै बेग्लै : अप्सना थापा

म्युजिक भिडियो हुँदै फिल्म क्षेत्रमा आएकी अभिनेत्री हुन् अप्सना थापा। उनी अभिनित फिल्म ‘रुमालै छ चिनो’ प्रदर्शनमा आएको थियो। उनले भोला अधिकारीसँग बाँडेको रात्रिकालीन अनुभव स्

सुरुमा मलाई नाइट क्लब के हो, गजलबारे के हो, केही थाहा थिएन। गाउँको मान्छे काठमाडौं आएपछि के नै थाहा हुन्छ र सुरुसुरुको समयमा। जब म मोडलिङ र फिल्म क्षेत्रमा आएँ तब साथीहरुले नाइट क्लब जान उक्साउन थाले। बिस्तारै बिस्तारै साथीहरुको लहै लहैमा लागेर नाइट क्लब जान थालेकी हुँ। म पहिलोपटक गएको आइ क्लबमा हो। पछि अरुमा पनि गएँ ठमेलमा रहेको फायर क्लबमा पनि गएकी छु। दरबारमार्गमा रहेका क्लबमा गएको सायद कमै होला। सुरुमा नाइट क्लब जाँदा छोटो लुगा लगाई नाचेको देख्दा लाज लागेको थियो।

दोहोरीसाँझमा खासै जाँदिन भन्दा पनि कहिलेकाहीँ कसैले बर्डे मनाउने भयो भने या दोहोरी गीतमा डान्स गरे आइयो अनि साथीहरुले आज फलानाको दोहोरीसाँझमा जानुपर्छ है भन्दा गेष्टको रुपमा भने जान्छु। शुक्रबार भन्दा अरु बारमा रमाइलो लाग्छ।

नाइट क्लबमा सुरुवातको समयमा त मलाई एकदम डर लाग्यो। बाहिर बाउन्सरहरु उभिएका हुन्थे। भित्रको माहोल निकै अर्कै टाइपको लाग्यो। सबैजना पिएर मस्त हुँदा रहेछन्। रमाइलोका लागि जाउँ न त भन्न थालियो। पैसा कमाउन थालेपछि मनमा के गरौँ के गरौँ हुने रहेछ।

अलिक बढी बिल उठ्यो भने साथीभाइ मिलेर तिर्छौँ नत्र मैले नै बिल पेमेन्ट बुझाउने गरेकी छु। अहिले ती सबै खर्च जोड्ने हो भने त काठमाडौंमा एउटा सानोसानो घर आउँथ्यो होला जस्तो लाग्छ।

कलाकारितामा लागेपछि साथीहरु पनि उस्तै खालका भए र नाइट क्लब जाने र रमाउने गर्न थालेँ। म एक्लै भएको भए त जाने थिइन होला।

जोडी देख्दा डाह हुन्थ्यो
नाइट क्लबमा अरुका त जोडी जोडी गएका हुन्छन्। हामी केटी केटी मिलेर जान्थ्यौं। अरुको जोडी देख्दा मलाई भने पूरा डाह लागेर आउँथ्यो। आफ्नो पनि वोइफ्रेण्ड भइदिएको भए कस्तो रमाइलो हुन्थ्यो होला जस्तो लाग्थ्यो। मेरो ब्वाइफ्रेन्ड नभएको त होइन त्यो बेलामा ब्रेकअप भयो।

क्लबमा प्रायः जोडीहरु नाच्ने गर्छन्। हामी भने केटीको ग्रुप बनाएर गएका हुन्छांै। केटी केटी डान्स गर्ने हो। पिउने हो र मज्जा लिएर राति २,३ बजे घर फर्कने गर्छौँ। नाइट क्लब नशा जस्तै भइसकेको छ। एकपटक हिँडेपछि फेरि पनि जाऊँ जाऊँ लाग्छ। म अहिले नाइट क्लब अलि कम जान थालेकी छु।
साथीहरुलाई सह्माल्न रमाइलो

नाइट क्लब गएपछि पानी पिउने कुरा भएन। अल्कोहल वाइन लिनु परिहाल्यो। मैले पिउन थालेको नाइट क्लबमा जान थालेदेखि नै हो। पिउन थालेपछि साथीहरुले कहिलेकाहीँ अलिक बढी नै पिउने गर्थे। पिएपछि कोही बमिट गर्ने कोही के गर्ने ताल तालमा हुन्थे। कति पटक त मैले उनीहरुको बमिट समेत सोहोरेकी छु। त्यो भने मेरै घर लाजिम्पाटमा पुर्याए पछिको कुरा हो। के–के गरिन्थ्यो गरिन्थ्यो अहिले त्यो घटना सम्झिँदा मज्जा आउँछ।

साथीहरु सह्मालिन नसकेर कहिले पिउँदापिउँदै झगडा पनि परेको छ। हामी डान्स गरिरहेको बेला अरु केटा आएर डान्स गर्थे। नाच्दानाच्दै हामीसँग नाच्ने अलिक फरक व्यवहार देखाउने गरेको बेला भने रिस उठ्थ्यो। एजेन्सी

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending