Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

खोटाङका ३० कृषक समूहलाई आधुनिक कृषि सामग्री वितरण

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र गठित ३० कृषि समूहलाई आधुनिक कृषि सामग्री प्रदान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खोटाङ र नगरपालिकाको लगानीमा खरीद गरिएको सामग्री कृषि समूहलाई वितरण गरिएको हो ।

कृषि पेशालाई यान्त्रीकरण गर्दै व्यावसायीकरण गर्ने उद्देश्यका साथ परियोजनाको ५० प्रतिशत, नगरको ४० प्रतिशत र कृषकको १० प्रतिशत लगानीमा कृषि यान्त्रीकरण प्रदान गरिएको परियोजना कार्यान्वयन एकाइ (मकै जोन) कार्यालयका निमित्त प्रमुख ध्रुवकुमार कार्कीले बताए । “परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने योजना सरकारले बनाएको छ”, उनले भने, “कृषकको मागका अनुसार आधुनिक सामग्री पाएपछि उनीहरु पनि हर्षित भएका छन् ।”

प्रतिगोटा रु ५० हजार मूल्य पर्ने १२ कम्बाइल मिल, प्रतिगोटा रु १४ हजार मूल्य पर्ने ३० कन्सेलर सिङ्गल ट्युव, प्रतिगोटा रु १६ हजार मूल्यपर्ने ३० तौलने मेसिन, प्रतिगोटा रु ८० हजार मूल्य पर्ने पाँच मिनीटिलर र प्रतिगोटा रु ७० हजार मूल्य पर्ने पाँच मिनीटिलर वितरण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि शाखा प्रमुख गणेशप्रसाद आचार्यले जानकारी दिए ।

यस्तै, कृषि ज्ञान केन्द्र खोटाङ पनि जिल्लाका कृषक समूह, कृषि सहकारी, निजी कृषि फार्म र उद्यमीलाई कृषि यान्त्रीकरण प्रदान गरेको छ । केन्द्रले जिल्लाका ६६ कृषक समूह, कृषि सहकारी, निजी कृषि फार्म र उद्यमीलाई कृषि यान्त्रीकरण औजार प्रदान गरिएको केन्द्र निमित्त कार्यालय प्रमुख हरिनारायण राईले बताए ।

कृषि ज्ञान केन्द्रको कार्यालयमा बुधबार भएको कार्यक्रममा नगरप्रमुख दीपनारायण रिजालले सामग्री हस्तान्तरण गरेका हुन् । पछिल्लो समय जिल्लाका कृषक परम्परागत कृषि प्रणालीलाई छाडेर आधुनिक प्रणालीमा आकर्षित हुँदै गएका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE