Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

बाल यौन दुराचार: राष्ट्रसङ्घका पूर्वअधिकारीलाई नेपालमा कैद सजाय

बाल यौन दुराचारको अभियोगमा गत वर्ष राजधानी काठमाण्डू नजिकै पक्राउ परेका राष्ट्रसङ्घका एक पूर्वअधिकारीलाई नेपालमा कैद सजाय सुनाइएको छ।

क्यानडाका ६२ वर्षीय पिटर जन डाल्ग्लीश सन् २०१८ मा काभ्रेमा पक्राउ परेका थिए। उनलाई गत महिना नै अदालतले बाल यौन दुराचारमा दोषी ठहर गरेको थियो।

उनलाई एक १२ वर्षीय बालकको यौन शोषण गरेको कसुरमा नौ वर्षको सजाय सुनाइएको छ। सात वर्षका अर्का बालकलाई यौन दुर्व्यवहार गरेको कसुरमा सात वर्षको सजाय सुनाइएको छ।

उनले दुबै कैद सजाय एकै पटक भुक्तान गर्नु पर्ने हो वा अलग(अलग त्यो प्रष्ट छैन।

सन् १९८० देखि उच्च ओहोदाको मानवीय कार्यकर्ता रहि आएका डाल्ग्लीशले आफू विरुद्धका अभियोग अस्वीकार गर्दै आएका छन्।

उनका वकिलले पछिल्लो फैसलाको पुनरावलोकनका लागि आवेदन दिइने रोएटर्स समाचार संस्थालाई बताएका छन्।

उनका वकिल राहुल चापागाइँले भने, यो मुद्दाको अनुसन्धानको क्रममा आवश्यक प्रक्रिया नै पूरा गरिएको छैन। त्यसैले हामीले पुनरावलोकनका लागि निवेदन गर्नेछौँ।

क्षतिपूर्ति भराउने आदेश
अदालतले डाल्ग्लीशलाई पीडित बालकलाई जनही पाँच लाख रूपैयाँ क्षतिपूर्ति भराउन समेत आदेश दिएको छ। उनी पक्राउ पर्दा दुबै बालक उनकै घरमा थिए।

फैसलापछि जिल्ला अदालतका एक अधिकारीले एएफपी समाचार संस्थालाई भने, ून्यायाधीशले उनले १६ वर्ष कैद सजाय पाउने हो वा उनी ९ वर्षपछि छुट्न पाउने हो भनेर निर्णय गरिसकेका छैनन्। यस्ता खालका अधिकांश मुद्दामा सजाय गाभिने गर्छन् तर त्यो न्यायाधीशको निर्णयमा भर पर्छ।

डाल्ग्लीश निकै सम्मानित मानवीय कार्यकर्ता थिए। उनी विश्वभर छरिएका परियोजनाहरूमा आबद्ध थिए। विपन्न बालबालिकाको सेवाको लागि उनलाई सन् २०१६ मा अर्डर अफ क्यानडाु भनिने देशकै दोस्रो ठूलो सम्मान प्रदान गरिएको थियो।

सन् १९८० को दशकमा उनले अर्का एकजनासँग मिलेर स्ट्रिट किड्स इन्टरन्याशनल नामक संस्था स्थापना गरेका थिए। त्यो संस्था पछि सेभ द चिल्ड्रेन नामक संस्थासँग गाभिन पुग्यो।

हालसालै मात्र डाल्ग्लीशले राष्ट्रसङ्घीय निकायहरूमा वरिष्ठ पदहरू सम्हालेका थिए। उनी सन् २०१५मा अफगानिस्तानमा यूएन ह्याबिट्याटमा आबद्ध भएका थिए।

नेपालमा चाहिँ उनी सन् २००० को दशकमा आईएलओका सल्लाहकार नियुक्त भएका थिए। एजेन्सी

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending