Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

भतिजीलाई नशामा लठ्याई बलात्कार गर्न लगाउने काकी पक्राउ

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वभनगामा कट्टीस्थित लक्ष्मीबल्लभ नरसिङ माध्यमिक विद्यालयमा एक किशोरीमाथि भएको बलात्कार घटनाको नयाँ रहस्य खुलेको छ । झुक्याएर मदिरा खुवाई १४ वर्षीयामाथि बलात्कारमा सहयोग गरेको आरोपमा उनकै काकी मङ्गलबार पक्राउ परेकी छन् ।

सर्वत भन्दै झुक्याएर स्प्राइटमा मदिरा मिसाएर वाइन खुवाएपछि नशामा लठ्ठिएकी बालिकामाथि बलात्कार गरिएको पीडितले बताए छिन् । यो घटनाको मुख्य योजनाकार ती बालिकाकी नाताभित्रकै ३५ वर्षीया काकी रहेको उजुरी परेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

करीब रु तीन करोडको लागतमा लक्ष्मीबल्लभ नरसिंह माविको प्राङ्गणमा निर्माण भइरहेको नयाँ भवनमा मजदुरी गर्ने बालिकालाई पारिश्रमिक दिने बहानामा अबेर रातिसम्म प्रतिक्षा गर्न लगाई नास्तापानी खान जोरजबर्जस्ती गरी झुक्याएर नशालु पदार्थ सेवन गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक रिमालले बताए।

मजदुरीको काममा लगाइदिने काकीकै दबाबमा विद्यालयका कार्यालय सहायक शिवशङ्कर मण्डल र भवन निर्माणको रेखदेख गर्ने नाम, ठेगाना थाहा नभएको मुन्सीले झुक्याएर नशालु पदार्थ सेवन गराई घटना गराएको पीडितले बताएका छन् । घटना अघिल्लो बुधबार रातिको हो । बुधबार दिउँसै ढलानको काम सकिएपछि पारिश्रमिक माग्दा ठेकेदार चेक साट्न गएको छ भनी आरोपितको कोठामा बस्न लगाई माछा र स्प्राइट खान दिइएको पीडितले बताए ।

भतिजीलाई झुक्याउँदै स्प्राइटमा वाइन मिसाएर नशामा लठ्याई बलात्कार गर्न लगाएको तथ्य बिहीबार छोरी होसमा आएपछि बताएको पीडितकी आमाले बताइन्। पीडितकी आमाले दिएको जाहेरीका आधारमा प्रहरीले उनकी काकीलाई पक्राउ गरेर जबर्जस्ती करणीअन्तर्गतको मुद्दा चलाउन जिल्ला अदालत सप्तरीबाट मङ्गलबार म्याद थप गरेर घटनाको अनुसन्धान शुरु गरेको जनाएको छ । प्रहरीले अभियुक्त मण्डल र मुन्सीलाई घटनामा संलग्न मुख्य अभियुक्त तथा पीडितकी काकीलाई भने घटनाको मुख्य योजनाकारका रुपमा अनुसन्धान शुरु गरेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies