एजेन्सी । दुई व्यक्तिबीचको आपसी सहमतिमा नै विवाह हुन्छ । समाजमा विहेलाई पवित्र बन्धनको रुपमा लिइन्छ र जीवनमा विहे एकपटक मात्र गरिन्छ । पछिल्लो समय समाजमा व्याप्त विभिन्न बानी र संस्कारले वैवाहिक जीवनमा समस्या बढ्दै गएको छ । श्रीमान र श्रीमतीबीच बढेको असमझदारी सम्बन्धविच्छेदमा परिणत हुन धेरै समय नै नलाग्नु नै अहिलेको समस्या हो । सानोतिनो मनमुटावमा नै सम्बन्धविच्छेदको बाटो अपनाउँदा समाजमा सम्बन्धविच्छेदको संख्या निकै बढेको छ ।
विशेषतः विवाहत्तेर सम्बन्ध, गरिबी, लागूऔषध र शारीरिक र मानसिक अक्षमता नै अहिले सम्बन्धविच्छेदको मुख्य कारण बनेको छ । एक अन्तर्राष्ट्रिय अनुसन्धानले विश्वभरीनै बढिरहेको सम्बन्धविच्छेदको घटनाको बारेमा तथ्याकं संकलन गरेको छ ।
पछिल्लो ६० वर्षमा विश्वभरीनै सम्बन्धविच्छेदको समस्या तीव्र गतिमा बढिरहेको छ । अमेरिकाको ‘डाइभोर्स रेकर्ड’ को अनुसार १९६० बाट ‘डाइभोर्स रेट’ २५१.८ प्रतिशतले बढिरहेको छ । तर, भारतमा भने सम्बन्धविच्छेदको रेट १ प्रतिशतले मात्र बढेको पाइएको छ ।
भारतमा सबैभन्दा कम
भारतमा अहिले सम्बन्धविच्छेदको घटना कम पाइएको छ । भारतमा एक हजार विवाहमा १३ जनाको सम्बन्धविच्छेद हुने गरेको छ । यसको सबैभन्दा ठूलो कारण पारिवारिक परम्परा भएको अनुसन्धानमा उल्लेख छ । भारतीय संस्कारअनुसार विवाहपश्चात दुई जना मात्र नभई दुई परिवार नै जोडिने भएकाले हत्तपत्त सम्बन्धविच्छेद गर्नु मुश्किल हुन्छ । त्यसैले धेरै महिलाहरुमा समस्याका बाबजुत पनि सम्बन्धलाई जोगाइरहनुपर्छ भन्ने धारणा रहिआएको छ ।
लग्जमबर्गमा सबैभन्दा धेरै
युरोपको सबैभन्दा सानो देश लग्जमबर्गको जनसंख्या ५ लाख मात्रै छ । तर यहाँ ८७ प्रतिशत सम्बन्धविच्छेद हुने गरेको छ । धनी देशहरुको सूचीमा पर्ने यो देश सम्बन्ध कायम राख्ने विषयमा निकै पछाडि रहेको छ । भने, यहाँको जनसंख्या वृद्धिदर युरोपमै सबैभन्दा बढी छ ।
रुसमा हरेक १ सेकेन्डमा एक सम्बन्धविच्छेद
रुस यस्तो देश हो जहाँ हरेक एक सेकेन्डमा एक जोडीको सम्बन्धविच्छेद हुन्छ । यहाँको एक तिहाई विवाह जम्मा पाँच वर्ष मात्रै टिक्छ । त्यसैगरी, यहाँको सम्बन्धविच्छेदको दर पनि ५१ प्रतिशत रहेको छ ।
स्पेनमा विवाह टुट्नुको कारण गरिबी
गरिबीको कारण अक्सर वैवाहिक जीवनमा मनमुटाव आउने गर्छ । गरिबीकै कारण विवाहित जोडी सम्बन्धमा खुशी हुन सक्दैनन् । किनकी सानो भन्दा सानो आवश्यकता पनि गरिबीको कारण पूरा हुन नसकेपछि सम्बन्धविच्छेद हुने सम्भावना धेरै हुन्छ । यस्तै, स्पेनमा पछिल्लो केहि वर्षमा स्पेनको आर्थिक अवस्थामा आएको उतारचढावका कारण सम्बन्धविच्छेद हुने गरेको छ । यहाँको सम्बन्धविच्छेदको ६५ प्रतिशत रहेको छ ।
इङ्ग्लान्डमा बयस्क जोडीमा धेरै सम्बन्धविच्छेद
इङ्ग्लान्डमा पछिल्लो केहि वर्षमा सवा लाख जोडीको सम्बन्धविच्छेद भएको अनुुसन्धानमा खुलेको छ । इङ्ग्लान्डमा सम्बन्धविच्छेदको दर ४२ प्रतिशत रहेको छ । यसको मुख्य कारण १८ देखि २२ वर्षको उमेरमा हुने विहे हो । यो उमेरमा सम्बन्धविच्छेदको खतरा धेरै हुन्छ । किनकी, सानै उमेरमा विवाह गर्दा एक अर्कासँग ‘एडजस्ट’ हुन सक्दैनन् र सम्बन्धविच्छेद गर्छन् ।
अमेरिकामा सम्बन्धविच्छेदको कारण दोस्रो विवाह
अमेरिकामा सम्बन्धविच्छेदको कारण दोस्रो विवाह भएको अनुसन्धानमा उल्लेख छ । अमेरिकामा दोस्रो विवाह गर्नेको संख्या बढिरहेको छ । एउटा जोडीमा कोहि न कोहि दोस्रो व्यक्तिसँग विवाह गर्न चाहान्छ । जसको कारण सम्बन्धविच्छेदको प्रतिशत ४६ प्रतिशतले बढिरहेको छ । त्यसैगरी, अर्को कारण जोडीमा कुनै एकको अक्षमता पनि रहेको अनुसन्धानमा पत्ता लागेको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...


प्रतिकृया लेख्नुहोस्: