Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

कोटेश्वरको ‘अण्डर पास’ जाइकाले नबनाए सरकार आफैले सुरू गर्ने

काठमाडौँ । काठमाडौँ उपत्यकाको बढी जाम हुने मध्ये स्थानमा पर्ने जडीबुटीमा ‘अण्डर पास’ निर्माणमा सरकारले चासो देखाएको छ ।

जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०ले अण्डरपास निर्माण चाँडो शुरु नगरे सरकार आफैँले शुरु गर्ने तयारी थालेको छ ।

यसअघि नै जाइकाले यस स्थानमा ‘अण्डरपास’ निर्माणको पूर्व सम्भाव्यता अध्ययन गरिसकेको छ ।

माइतीघरदेखि सूर्यविनायकसम्म छ लेन सडक विस्तार गरेको जाइकाले यही सडकखण्डमा पर्ने चोकमा ‘अण्डरपास’ निर्माणमा चासो देखाउँदै अध्ययन गरेको हो ।

केही समयपहिले मात्रै जाइकाका उच्चपदस्थ पदाधिकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग भेट गरेको मन्त्रालयले जनाएको छ ।

जाइकाले चासो देखाएकै कारण उसलाई नै निर्माणको जिम्मेवारी दिने योजना भइरहेको प्रवक्ता राजेश्वर ज्ञवलीले बताए।

ुउनीहरुले गर्छौं नै भनिरहेकाले पहिलो प्राथमिकता उसलाई नै बनाउन दिने होु, उनले भने।रासस

जाइकाले अन्तिम खाका ल्याउन बाँकी रहेको प्रवक्ता ज्ञवालीले बताए।

उनका अनुसार अन्तिम खाका आउन ढिलाइ हुँदा मात्रै त्यसको विकल्प खोजिने उनले बताए ।

उनले भने, यो वर्षभित्र काम अघि बढाउने मन्त्रालयको सोचाइ छ ।

सरकारले आगामी वर्ष बजेटमा ‘अण्डरपास’ निर्माणका लागि रकम विनियोजन गरेको केही दिनपहिले प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बताएका थिए।

विनियोजित बजेट पर्याप्त नभए अर्थ मन्त्रालयसँग थप रकम माग गरेर पनि काम अघि बढ्ने उनको भनाइ छ । उनका अनुसार जाइकाले निर्माणको निर्णय छिटो नगरे मन्त्रालय आफैँले परामर्शदाता छनोटलाई अघि बढाउने बताएको छ ।

कलङ्कीमा माथिल्लो भाग खुल्ला ‘अण्डरपास’ रहेकामा यस स्थानमा ढाकिएको ९कभर० अण्डरपास निर्माण गर्ने मन्त्रालयले बताउँदै आएको छ ।

खुल्ला अण्डरपासमा तलबाट गाडी कुदे पनि माथि चल्न पाउँदैन, यहाँको सवारी चाप हेरेर कभर हुँदा तलमाथि एकै पटक गाडी गुड्न सक्छु, उनले भने।

जडीबुटीमा ‘अण्डरपास’ निर्माण हुँदा काठमाडौँ उपत्यकाका तीनै जिल्लाको यातायात आगमन सहज हुने मन्त्री महासेठको भनाइ छ ।

अहिले यस स्थानमा दैनिक हुने जामका कारण सवारीसाधन घण्टौँसम्म जाममा परिरहेका छन् । तीनकुनेबाट जडीबुटी चोकसम्मको सवारी जाम कम गर्न सडक विभागले गत वर्षबाट मनोहरा करिडोरको डाइभर्सन सञ्चालनमा ल्याएको छ ।

तीनकुनेबाट कोटेश्वर, जडीबुटी हुँदै लोकन्थली चोक र त्यस क्षेत्रमा हुने ट्राफिक जामलाई कम गर्न विभागले ट्राफिक प्रहरीसँगको सहकार्यमा डाइभर्शन शुरु गरेको थियो ।

डाइभर्शन सञ्चालनमा आएसँगै भक्तपुरबाट ललितपुरतर्फ आउने साना सवारीसाधन मनोहरा करिडोर हुँदै बालकुमारी जाने गरेका छन् । यसले गर्दा यस क्षेत्रको जाम केही मात्रामा कम भइरहेको मन्त्रालयले जनाएको छ ।

मनोहरा करिडोरलाई विस्तार र सुधारसँगै यो सडक नियमित सञ्चालनमा ल्याउनका लागि बेलिब्रिजको समेत निर्माण शुरु भएको छ । जडीबुटी चोकबाट ललितपुर जाने सवारी साधनलाई मनोहरा आँखा अस्पतालबाट टीकाथली तथा बालकुमारी जानका लागि यो पुल निर्माणपछि सहयोग पुग्ने बताइएको छ ।

अरनिको राजमार्गमा ट्राफिक डाइभर्सनबाट ललितपुरतर्फ जाने सवारीसाधन मनोहरा करिडोरतर्फ मोड्ने गरिए पनि आँखा अस्पताल अगाडि कम चौडाइको पुल थियो ।

जडीबुटीको जाम छल्न करिडोरबाट ललितपुर जान हिँडेका चालक सोही पुलमा घण्टौँसम्म जाम पर्ने गरेको स्थानीयवासी बताउँछन् ।

सरकारले काठमाडौँ उपत्यका र उपत्यका बाहिर विभिन्न स्थानमा सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिइने बताउँदै आएको छ ।

यसै वर्षबाट नागढुङ्गा नौबिसे सुरुङमार्ग जापान सरकारको ‘सफ्ट लोन’बाट निर्माण शुरु हुँदैछ । अर्थ मन्त्रालयले सुरुङमार्गकै लागि एकमुष्ट ५९ करोड रूपैयाँ विनियोजन गरेको छ ।

विनियोजित बजेट प्राथमिताका आधारमा कुन योजनालाई कति छुट्याउने भन्ने निर्णय हुने मन्त्रालयले जनाएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending