Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

तरकारीको विषादी परीक्षण स्थगित

काठमाडौं । भारतको दबाबपछि सरकारले भारतीय तरकारी तथा फलफूलको भन्सार विन्दुमा परीक्षण नगर्ने निर्णय गरेको छ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक सहसचिवका अनुसार चर्को दबाब थेग्न नसकेपछि बिहीबार वाणिज्यमन्त्री मातृका यादवले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेका थिए। ती सहसचिवले भने, ‘यादवको प्रस्तावलाई प्रधानमन्त्रीले तत्कालै समर्थन जनाई निर्णय गराएका थिए।’

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - यस विषयमा भारतीय दूतावासका प्रथम सचिव अभिशेक दुबेसँग आधिकारिक धारणा लिन खोज्दा सम्पर्कमा आउन चाहेनन्। सरकारी निर्णयको उपभोक्तावादीले चर्को आलोचना गरेका छन्।

राष्ट्रिय कृषक समूह महासंघका पूर्वअध्यक्ष उद्धव अधिकारीले सरकारले भारतको दबाबमा स्वदेशी किसान र उपभोक्तालाई मार्ने निर्णय गरेको आरोप लगाए। उनले भने, ‘दबाबमा परी हाम्रा किसान र उपभोक्तालाई मार्ने गरी सरकारले निर्णय फिर्ता लियो। हाम्रा अदुवा, गोलभेंडा, तरकारी, अलैंची र चियाजस्ता कृषि उपज निर्यात गर्दा भारतले दिएको सास्ती हामीले बिर्सेका छैनौं।’

कृषि मन्त्रालयले भने पछिल्लो समयमा आयातीत तरकारी र फलफूल परीक्षण निम्ति भन्सार विन्दुसहित आठ स्थानमा प्रयोगशालाको व्यवस्थापन गरेको छ। यस्तै दैनिक ६० वटा नमुना परीक्षण गर्दै आएको जनाएको छ।

मन्त्रालयले झापाको बिर्तामोड, मोरङको विराटनगर, सर्लाहीको नवलपुर, रूपन्देहीको बुटवल, कास्कीको पोखरा, बाँकेको नेपालगन्ज, कैलालीको अत्तरिया र काठमाडौंको कालिमाटीमा दु्रत विषादी अवशेष विश्लेषण एकाइको व्यवस्था गरेको छ। भारतसहित तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूल यिनै ८ परीक्षण केन्द्र तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रीय प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था मिलाइएको छ।

यसै साता मन्त्रालयले भारतसँग जोडिएका ६ नाका काँकडभिट्टा, विराटनगर, वीरगन्ज, भैरहवा, धनगढी र महेन्द्रनगर तथा उत्तरतर्फको रसुवा तथा तातोपानी भन्सार विन्दुमा प्रयोगशाला निर्माण गर्ने निर्णय गरेको थियो।

इनर्जी ड्रिङस प्रतिबन्ध फुकुवा

सरकारले मानव स्वास्थ्यलाई हानि पुर्‍याउने क्याफिनयुक्त शक्तिवद्र्धक पेय पदार्थ (इनर्जी ड्रिंक्स र फ्लेवर सिन्थेटिक ड्रिंक्स–जुस) आयातमा लगाइएको प्रतिबन्ध पनि फुकुवा गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले आगामी ६ महिनासम्म लागू हुने गरी आयातमा लगाएको प्रतिबन्ध हटाएको हो।

संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले मन्त्रिपरिषद्को उक्त निर्णयको पुष्टि गरे।

सरकारले यो व्यवस्था असार ३ गतेदेखि लागू हुने कार्यान्वयनमा ल्याएको थियो। कार्यान्वयनमा आएको यो नीति १७ औं दिनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकै प्रस्तावमा मन्त्रिपरिषद् बैठकले फिर्ता लिने निर्णय गरेको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा सरकारले गत असार २ गते राजपत्रमा सूचना प्रकाशित गरी भारतसहित तेस्रो मुलुकबाट आयात हुने ताजा तरकारी र फलफूलको भन्सार विन्दुमै क्वारेन्टाइन र जीवनाशक विषादी परीक्षण अनिवार्य रूपमा गर्नुपर्ने व्यवस्था गरेको थियो। यो निर्णयको नेपाली किसान र उपभोक्ताले स्वागत गरेको केही दिन नबित्दै सरकार निर्णयबाट पछि हटेको हो।

मन्त्री खनालले वाणिज्य मन्त्रालयले छलफल नगरी एकलौटी रुपमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएको समिति बैठकमा बताए। उनका अनुसार वाणिज्य मन्त्रालयले प्रस्ताव लगेको थियो। ‘यी निर्णय (विषादी र इनर्जी ड्रिंक्स फुकवा) मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ,’ खनालले भने, ‘उपभोक्ता र समग्र किसानका पक्षमा भएको अघिल्लो निर्णय सरकारले फिर्ता लिएको छ।’

भारतबाट आयात हुने तरकारी तथा फलफूलको भन्सार बिन्दुमा कडाइका साथ परीक्षण हुन थालेपछि भारत सरकारले विरोध जनाउँदै यसलाई फिर्ता लिन दबाब दिँदै आएको थियो। भारतीय दूतावास र भारतीय निर्यातकर्ता व्यापारीहरुको विभिन्न टोली कृषि तथा पशुपन्छी विकास मन्त्रालय, अर्थ मन्त्रालय तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमै पुगेर यो व्यवस्था स्थगित गर्न दबाब दिएका थिए।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले राजपत्रमा सूचना जारी गर्नुअघि प्रतीतपत्र (एलसी) खोलिसकेको हकमा सरकारले क्याफिनयुक्त शक्तिवद्र्धक पेय पदार्थ आयात गर्न दिने निर्णय गरेको जानकारी दिए। उनले भने, ‘तर राजपत्रमा सूचना प्रकाशित भएको मितिदेखि भने नयाँ एलसी खोलेर पेयजन्य पदार्थ भने आयात गर्न पाइन्न।’ उपभोक्तावादी माधव तिमिल्सिनाले सरकारले गरेको निर्णय नेपाली किसान र उपभोक्ताको अहितमा भएकाले तत्कालै सच्याउनुपर्ने माग गरेका छन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending