Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

भेनेजुयलाको व्यापार मार्गमा नयाँ प्रतिबन्ध लगाउने अमेरिकी घोषणाको क्युवाद्वारा विरोध

हवाना । अमेरिकाद्वारा क्युवाको राज्यद्वारा सञ्चालित कम्पनीलाई भेनेजुयलामा व्यापार गर्न नपाउने गरी गरेको नयाँ प्रतिबन्धको घोषणाप्रति क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले बिहीबार विरोध जनाएका छन् ।

उनले ट्वीटर सन्देशमार्फत भने, “संयुक्त राज्य अमेरिकालाई एकतर्फीरूपमा क्युवाका अधिकारलाई बञ्चित गर्दै भेनेजुयलासँगको व्यापारिक गतिविधिलाई रोक्ने अधिकार छैनन् । नयाँ प्रतिबन्ध व्यापार नियमन तथा सार्वभौम मुलुकको सम्बन्धबारे अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन हो ।”

अमेरिकी अर्थमन्त्रालयले बुधबार क्युवाको सरकारी कम्पनी क्युवामेटेल्सलगायतका सङ्घसंस्था तथा व्यक्तिमाथि भेनेजुयलासँगको व्यापारिक कारोबारमा संलग्न हुन नपाउने गरी नयाँ प्रतिबन्धको घोषणा गरेको थियो ।

भेनेजुयला तथा क्युवामाथि आर्थिक दबाब सिर्जना गर्न विभिन्न रणनीति अपनाउँदै आएको अमेरिकाले हवानाले भेनेजुयलाबाट पेट्रोलियम पदार्थको आयात गरेको र यसले भेनेजुयलालाई आर्थिक सहजता हुँदा सत्तासीन निकोलस मदुरोलाई सहयोग पुगेको निष्कर्षसहित नयाँ प्रतिबन्धको घोषणा गरेको हो ।

अमेरिकी प्रतिबन्धका बाबजुद हवानाले काराकासलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । गत मार्चमा २१० क्युवाली अधिकारी, उत्पादन र संस्थामाथि अमेरिकाले प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धित संस्थामा सरकारी होटल तथा कम्पनीदेखि नीति होटल र व्यावसायिक केन्द्रहरूसमेत रहेका छन् ।

प्रतिबन्धित सामानहरू वा संस्था वा व्यक्तिको सम्पत्तिलाई अमेरिकामा जफत गर्ने र कारोवारमा रोक्का गर्ने घोषणा गरिएको थियो ।

पुनः वासिङ्टनले क्युवाका लागि इन्धन बोक्ने भेनेजुयलाको राज्य सञ्चालित तेल कम्पनी पिडीभीएसएका ३४ ट्याङ्करमाथि प्रतिबन्ध लगाएको थियो । सिन्ह्वा

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending