Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

ओलाङचुङगोला भन्सार : उठ्छ १५ हजार, खर्च १७ लाख

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङगोला भन्सार कार्यालय एक वर्षदेखि बन्द छ। कार्यालय सहयोगी तेन्जिङ शेर्पाको करार अवधि अघिल्लो असारमा सकिएको थियो। त्यसपछि भन्सार ठप्प रहेको गाउँपालिका प्रवक्ता छेतेन वालुङको भनाइ छ।

आजको अन्नपुर्ण पोस्ट दैनिक खबर छ भन्सार विभागले नायबसुब्बा विजय श्रेष्ठलाई खटाए पनि कार्यालयमा हाजिर भएका छैनन्। तर, कर्मचारीले स्थानीय भत्तासहित तलब बुझ्ने गरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार गत आर्थिक वर्ष १५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। कार्यालयको खर्च भने १७ लाख ३५ हजार रुपैयाँ भयो।

स्थानीयका अनुसार भन्सारको कारोबार अपारदर्शी थियो। वडाध्यक्ष छेतेन भोटेले २०७२/७३ मा एकैपटक ६५ हजार राजस्व तिरेका थिए। तर, सोही वर्ष कार्यालयले राजस्व १८ हजार मात्रै जम्मा गरेको पाइएको छ। कर्मचारीका लागि भने १६ लाख ७८ हजार खर्च भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

गाउँपालिका प्रवक्ता वालुङका अनुसार तीन वर्षअघिसम्म भन्सारले ‘ श्री ५ को सरकार’ लेखिएकै रसिद दिने गरेको थियो। यो वर्ष भने राजस्व शून्य छ। ‘चीन र नेपाल दुवैतर्फ ठूलो परिमाणमा जडीबुटी, पशुचौपाया र तयारी सामान आयात–निर्यात हुन्छ’, उनले भने, ‘तापनि, त्यसको तथ्यांक राखेर राजस्व लिने निकाय लामो समयदेखि बन्द छ।’

कार्यालयमा एक नायबसुब्बा, दुई खरिदार र एक कार्यालय सहयोगीको दरबन्दी छ। तत्कालीन कार्यालय प्रमुख शेरबहादुर चेम्जोङ तीन वर्षअघि सरुवा भएपछि अरू कर्मचारी नआएको वडाध्यक्ष भोटेले बताए। ‘त्यसयता यहाँका लागि को कर्मचारी खटिएको छ भन्ने पनि थाहा छैन’, उनले भने, ‘म वडाध्यक्ष भएपछि विभागमा बुझ्ने प्रयास गरें। कर्मचारी खटाएको ठाउँमा उपस्थित हुनुपर्ने हो। तर, कहाँ छन्, कहाँ हाजिर गर्छन् भन्ने थाहा पाउन सकिएन।’

कार्यालय बन्द रहेको विषयमा भन्सार विभाग बेखबर छ। यहाँ खटिएका कर्मचारी सम्पर्कमा नरहेको विभागका सूचना अधिकारी शिशिर घिमिरेको भनाइ छ। ‘त्यहाँ चार जनाको दरबन्दी भए पनि विभागले नासु विजय श्रेष्ठलाई खटाएको छ’, उनले भने, ‘उनीसँग सम्पर्क छैन।’ भौगोलिक रूपमा टाढा रहेकाले अरू जानकारी आफूसँग नरहेको उनले सुनाए। प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले पनि त्यहाँ को कर्मचारी खटिएको छ भन्ने आफूलाई थाहा नभएको बताए।

सरकारबाटै ओलाङचुङगोला भन्सार उपेक्षित भएको कञ्चनजंगा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पूर्वसदस्यसचिव तेन्जिङ वालुङको भनाइ छ। विभागले वेबसाइटमा गलत विवरण राखेको छ। ‘ओलाङचुङगोला भन्सार कार्यालय, ताप्लेजुङ’ हुनुपर्नेमा संखुवासभा लेखिएको छ।

ओलाङचुङगोला हुँदै टिपताला नाकाबाट पूर्वका ताप्लेजुङसहित पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा, धनकुटा र भोजपुरसम्मको जडीबुटीलगायत याक, चौंरी, गलैंचा, राडीपाखी चीनतर्फ निर्यात हुन्छ। चीनबाट भने गलैंचाको कच्चा पदार्थ ऊन, धागो, लत्ताकपडा, खाद्यान्न आयात हुने वडाध्यक्ष भोटेले बताए। चीनको सीमा क्षेत्रनजिक पर्ने ओलाङचुङगोला सदरमुकाम फुङलिङबाट गाडीमा एक दिन र त्यसपछि पैदल एक दिनको दूरीमा छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending