Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

सूचनाप्रविधिमा ५ लाख रोजगारी

काठमाडौं । सूचनाप्रविधि क्षेत्रमा पाँच लाखभन्दा बढी रोजगारी सिर्जना हुन सक्ने देखिएको छ। नेपालका हरेक क्षेत्रलाई सूचना प्रविधिसँग जोड्न सके आउँदो पाँच वर्षभित्र ५ लाखभन्दा बढीलाई रोजगारी दिन सकिने भएको हो।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी विज्ञ असगर अलीका अनुसार सरकारका हरेक संरचनालाई अटोमेसनमा लैजान सके सूचनाप्रविधि क्षेत्रमा पर्याप्तमात्रामा रोजगारी सिर्जना हुन सक्ने बताए। सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पाँच लाख युवालाई रोजगारी दिने घोषणा गरेको छ। त्यसको आधाभन्दा बढी युवालाई सूचनाप्रविधि क्षेत्रमै समेट्न सकिने सम्भावना रहेको अलीको भनाइ छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचनाप्रविधि क्षेत्रमा बढीभन्दा बढी युवालाई समेट्ने गरी गृहकार्य गरेको छ। मन्त्रालयले एक कार्यदल गठन गरी सूचनाप्रविधि क्षेत्रमा रोजगारीको अवस्था र सम्भावनाबारे अध्ययन गरेको थियो। सूचनाप्रविधि क्षेत्रमा रोजगारीका अवसरबारे अध्ययन गर्न गठित कार्यदलले विस्तृत अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।

कार्यदलले बुझाएको प्रारम्भिक प्रतिवेदनअनुसार हाल ६३ हजार जनशक्ति सूचना प्रविधिको क्षेत्रमा छ। सूचनाप्रविधि क्षेत्रमा केही सुधार गर्न सके तत्काल थप ८५ हजार रोजगारी सिर्जना हुन सक्ने कार्यदलले प्रारम्भिक अध्ययन गरेको थियो।

प्रधानमन्त्रीका आईटी विज्ञ अलीका अनुसार सूचनाप्रविधि क्षेत्रमा पाँच लाख रोजगारी सिर्जना गर्न सक्ने विषय ठूलो नभएको बताए। ‘सूचनाप्रविधि क्षेत्रमा असीमित अवसर छ’, उनले भने, ‘दक्ष बनाउँदै सबैलाई सूचनाप्रविधिमा एड्जस्ट गर्न सकिन्छ।’

श्रम मन्त्रालयका अनुसार स्थानीय कम्पनी, सेवाप्रदायक कम्पनी र ती दुवै खाले काम समावेश भएका कम्पनीसमेत गरी एक हजारभन्दा बढी दर्तावाला कम्पनी छन्। वेभ इनाबेल्ड सर्भिस, सफ्टवेयर डेभलपमेन्ट, व्यवस्थापन सूचना प्रणाली, डाटा प्रशोधन, कल सेन्टर, एनिमेसन प्रोसेसिङलगायत क्षेत्रमा ६३ हजारभन्दा बढीले रोजगारी पाएका हुन्। सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउदले दक्ष जनशक्ति पाउन गाह्रो भएको बताए।

हरेक वर्ष ५ हजारदेखि १० हजार युवा सूचनाप्रविधि बजारमा आउँछन्। त्यसको ८० प्रतिशतले रोजगारी पाउँछन्। देशभरका १० विश्वविद्यालयमध्ये ६ विश्वविद्यालयले सूचनाप्रविधिमा अध्यापन गराउँछन्। काठमाडौं विश्वविद्यालयका प्रध्यापक मनिष पोखरेलले सरकारले श्रम सम्झौैता गर्दा स्वदेशमै आईटी कारखाना खोल्न अनुरोध गर्नुपर्ने बताए। ‘यसो हुन सके सूचना प्रविधिमा रोजगारी बढ्छ’, उनले भने। डिजिटल सीप विकास कार्यक्रम प्रवद्र्धन गर्न सके सूचनाप्रविधि क्षेत्रमा रोजगारी बढ्ने उनको भनाइ छ।

श्रम मन्त्रालयका सहसचिव एवं कार्यदलका संयोजक प्रकाश दाहालले सूचनाप्रविधि क्षेत्रमा आउँदो पाँच वर्षभित्र पाँच लाख रोजगारी सिर्जना गर्न सकिने सम्भावना देखिएको बताए। नीतिगत तथा संस्थागत सुधार गरी सूचनाप्रविधि क्षेत्रमा रोजगारी बढाउन सकिने उनको भनाइ छ।

कम्प्युटर एसोसिएसन अफ नेपालका उपाध्यक्ष सुनैना घिमिरे पाण्डेले सूचनाप्रविधि क्षेत्रमा सरकारले चासो दिए छोटो समयमा धेरै रोजगारी सिर्जना हुने बताइन्। स्वदेशी कम्पनीलाई प्राथमिकता दिँदै सूचनाप्रविधि क्षेत्रमा रोजगारी बढाउने विषयमा सरकारले ध्यान दिनुपर्ने उनले बताइन्।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सूचनाप्रविधि क्षेत्रमा नीतिगत सूधार गर्न सुरु गरेको छ। मन्त्रालयका सहसचिव विरेन्द्र के मि श्रले नीतिगत सुधारमा ध्यान दिनुका साथै अन्तर मन्त्रालय समन्वयबाट सूचनाप्रविधि क्षेत्रमा रोजगारी बढाउन सकिने बताए। कार्यदलको प्रारम्भिक अध्ययनले बिजनेस प्रोसेस आउटसोर्सिङका लागि छुटै ऐन नभए पनि विद्युतीय कारोबार ऐन तथा नियमावली, सूचना तथा सञ्चार प्रविधि नीति तथा ब्रोडब्यान्ड नीतिका आधारमा सूचना प्रविधिसँग सम्बन्धित कम्पनी सञ्चालन भइरहेको उल्लेख गरेको थियो।

विदेशी लगानीको प्रक्रियामा रहेको जटिलता, भेन्डर पेमेन्ट प्रोसेसमा कठिनाइ, स्टक तथा विदेशी मुद्रामा सीमितता, विदेशबाट परामर्शदाता ल्याउने विषयको जटिलता, स्वदेशमा रहेका दक्ष जनशक्तिको पलायन, न्यून जनशक्तिको उपलब्धता, इन्टरनेटको असहजता, विद्युत्को नियमित आपूर्तिको अभाव, सूचना प्रविधिसँग सम्बन्धित वातावरणको अभाव जस्ता समस्याले सूचना प्रविधिले फड्को मार्न नसकेको कार्यदलले प्रस्टयाएको थियो।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending