युरोप। युरोपमा पछिल्लो साता अत्याधिक गर्मीका कारण त्यहाँको जनजीवन कष्टकर बनेको छ । फ्रान्स, इटाली, जर्मनी, चेक रिपब्लिकलगायत मुलुकका थुप्रै सहरमा अचानक तापक्रम बढ्दा केहीले ज्यानसमेत गुमाएका छन् ।
शुक्रबार मध्याह्नसम्म फ्रान्समा ४५ दशमलव ५ डिग्री सेल्सियस तापक्रम पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम हो । फ्रान्समा सन् २००३ मा ४४ दशमलव १ सेल्सियस तापक्रम पुगेको थियो ।
अत्यधिक तापक्रमसँगै फ्रान्समा स्वास्थ्यमन्त्री एग्नेस बुज्यानले ‘सबैजना खतरामा रहेको’ भन्दै गर्मीबाट बच्न सचेत गराएका छन् । फ्रान्सको जलवायु विभागले त दक्षिणी क्षेत्रका चार ठाउँलाई ‘रेड अलर्ट एरिया’ नै घोषणा गरेको छ ।
फ्रान्ससँगै जर्मनी, पोल्याण्ड र चेक रिपब्लिकमा जुन महिनामा हुने अहिलेसम्मकै धेरै तापक्रम पुगेको छ ।
स्पेनमा भने यहाँको सरकारले सम्भावित खतराका लागि तयारी गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । यहाँका विभिन्न ८ प्रदेशलाई ‘रेड अलर्ट एरिया’ को घोषणा गरिएको छ । साथै थुप्रै ठाउँमा ४२ डिग्री सेल्सियससम्म तापक्रम नाघ्नसक्ने अनुमान गरिएको छ ।
यस्तै इटालीको सरकारले पनि १६ सहरलाई संकटग्रस्त क्षेत्रको रूपमा चित्रित गरेको छ ।
गर्मीले मृत्यु
गर्मीका कारण युरोपका विभिन्न सहरमा केहीले ज्यान नै गुमाएका छन् । फ्रेन्च पत्रिका ‘मिदि लिब्रे’ को हवाला दिँदै फ्रान्समा मात्रै तीनजनाको ज्यान गएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
यही साता स्पेनमा एक १७ वर्षे किशोर र ८० वर्षे वृद्धको भएको मृत्युको कारण पनि अत्याधिक गर्मी नै हुनसक्ने बताइएको छ । किशोरको खेतमा मृत्यु भएको थियो भने वृद्धको बाटोमा हिँड्दाहिँड्दै ज्यान गएको हो ।
गर्मीकै कारण थुप्रै स्कुलका परीक्षासमेत स्थगित गराइएको छ । मृतकको संख्या यकिन भने छैन । गर्मीसँगै प्रभावित क्षेत्रमा स्वीमिङ पुल, नदी र समुद्री किनारमा मानिसको घुइँचो लाग्न थालेको छ ।
फ्रान्सका प्रधानमन्त्री एडुवार्ड फिलिपले पनि हरेक दिन मृत्यु हुनेको संख्या रहेको भन्दै गर्मीबाट बच्न सचेत गराएका छन् । यूकेमा पनि प्रहरीले सर्वसाधारणलाई गर्मीबाट बच्न सचेत गराएको छ ।
मौसमविद्हरूका अनुसार सहारा मरुभूमीबाट आएको तातो हावाले गर्दा युरोपका विभिन्न सहरमा तापक्रम बढेको हो । अघिल्लो महिनामात्रै चिसो रहेका कतिपय सहरमा पनि जुनमा ह्वात्तै गर्मी बढेको छ । मौसमविद्हरूका अनुसार युरोपका विभिन्न देशमा कायम रहेको तापक्रम अझै बढ्नसक्ने छ ।एजेन्सी
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: