डोल्पा । शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पामा कर्मचारीबीच झडप हुँदा कार्यालय प्रमुख घाइते भएका छन् । आक्रमणमा संलग्न भएको भन्दै सात कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।
यार्सागुम्बा सङ्कलनकर्ताबाट राजश्व उठाएर कार्यालयमा फर्किएका चार जना कर्मचारीले मदिरा सेवन गरेर कार्यालय प्रमुख प्रमोदकुमार यादवमाथि आक्रमण गरेको थियो । यार्सागुम्बा सङ्कलनकर्ताबाट टोलीमा सात जना कर्मचारी रहेको थियो । असार ८ गते बिहान सेनाको सुरक्षासहित निकुञ्जको पोष्टबाट आएका सात कर्मचारीले कार्यालय प्रमुख प्रमोदकुमार यादवलाई दुनैस्थित बैंकमा रकम जम्म गर्न अनुमति मागेका भए पनि कार्यालय प्रमुखले पूरै हिसाब नहेरी जम्मा नगर्न अनुरोध गरेपछि कर्मचारी र कार्यालय प्रमुखबीच विवाद बढेको थियो ।
कार्यालय प्रमुखको आग्रह विपरीत सात कर्मचारीले निकुञ्जमा उठाएको रु ७० लाख रकम बैंकमा जम्मा गरिसकेको पाइएको छ । रकम जम्मा गरी आएका सात जना कर्मचारीलाई सुलिगाड निकुञ्जको कार्यालयमा बिहान ११ बजे सुरक्षाका लागि खटिएको सेनाले जाँच गर्दा थप विवाद भएको थियो । जाँचपछि शान्त रहेका कर्मचारी देवेन्द्र जिसी, मनिकृष्ण पाण्डे, हरि रावल, डिल्ली सुनार, महेश्वर रावल, खगेन्द्र भण्डारी, प्रकाश बुढाले बेलुकी मदिरा सेवन गरेर कार्यालय प्रमुख यादवमाथि हातपात गर्नुका साथै अपशब्द बोलेर आक्रमण गरेको प्रमुख सूचना अधिकारी छत्र खड्काले बताए ।
निकुञ्जबाट आएका सात जना कर्मचारीले र कार्यालयमा रहेका कार्यालय प्रमुख प्रमोदकुमार यादव, गोपाल खनाल, छत्र खड्का, अरुण चौधरीमाथि आक्रमण गरेको आरोप लागेको छ । झगडालाई नियन्त्रणमा लिनका लागि निकुञ्जको सुरक्षाका लागि खटिएको सेनाले बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिएको बताएको छ । उता सात जना कर्मचारीले आफूहरुलाई सेनाले कुटपिट गरेको आरोप लगाएका छन् । बैंकमा रकम जम्मा गरेको भन्दै आफूहरुमाथि कार्यालय प्रमुखको निर्देशनमा सेनाले कुटपिट गरेको आरोप लगाएका छन् ।
अहिले कार्यालय प्रमुखमाथि कुटपिट गरेको भन्दै सात जना कर्मचारी प्रहरीको नियन्त्रणमा रहेका छन् । निकुञ्जले हातपातमा संलग्न कर्मचारीलाई जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरी पक्राउ गर्न लगाएको हो । पक्राउ परेकामध्ये दुई जनालाई आर्थिक अनियमितता गरेको भनी पटक पटक जिल्ला प्रशासन कार्यालयले स्पष्टीकरण सोधिएको निकुञ्जले बताएको छ । यता पक्राउ परेका कर्मचारीलाई छुटाउनका लागि आधिकारिक टेड युनियानले ज्ञापनपत्र बुझाउँदै प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीलाई तत्काल नछोडे कडा आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन् ।
यो वर्ष डोल्पामा रु तीन करोड राजश्व सङ्कलन भएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: