वीरगञ्ज । मनसुन सक्रिय भए पनि रासायनिक मलको अभावमा पर्सा जिल्लाका किसानले अझैसम्म मल पाएका छैनन्। जिल्लामा धान रोपाइँका लागि दुई हजार ४२५ मेट्रिक टन डिएपी मल आवश्यक पर्छ । कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालयमा हाल ३०० मेट्रिक टन डिएपी मौज्दात छ ।
बाइसहजार ५०० मेट्रिक टन युरिया मल आउनुपर्नेमा बिहीबारसम्म १६ हजार मेट्रिक टन मात्र युरिया आएको र उक्त मल अन्य जिल्लामा पठाउनका लागि राखिएकाले हाल यहाँ युरिया मल अभाव हुन गएको सो कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको संयोजकत्वमा रहेको मलखाद आपूर्ति तथा वितरण व्यवस्थापन समितिले जिल्लामा धान तथा अन्नबालीका लागि चाहिने मल अभाव हुन नदिन युरिया मल छ हजार ४०० मेट्रिक टन, डिएपी तीन हजार ७५ मेट्रिक टन तथा पोटस एक हजार ६५० मेट्रिक टन आवश्यक पर्ने भएकामा कृषि सामग्री संस्थानसँग डिएपी ४०० मेट्रिक टन र साल्ट टे«डिङ कर्पोरेशनसँग २५० मेट्रिक टन गरी ६५० मेट्रिक टन मल रहेकाले आवश्यक मल आपूर्तिका लागि कृषि तथा पशुपक्षी मन्त्रालयसँग अनुरोध गर्ने निर्णय गरिएको क्षेत्रीय प्रबन्धक अजयकुमार श्रीवास्तवले बताए ।
आइबाररदेखि मनसुन सक्रिय खेतमा पानी जम्न थालेकाले केही किसानले धमाधम रोपाइँ शुरु गरेपनि मलको अभाबमा सबैलाई रोपाइँ गर्न गाह्रो भएको किसान शेषमन पण्डितले बताए । लिमिटेडले चालु आर्थिक वर्षमा मा युरिया छ हजार मेट्रिक टन, डिएपी छ हजार मेट्रिक टन र पोटास १५० मेट्रिक टन बिक्री गर्ने लक्ष्य रहेकामा जेठ मसान्तसम्म डिएपी पाँच हजार ४८९ मेट्रिक टन, युरिया ११ हजार २१३ मेट्रिक टन र पोटास १३८ मेट्रिक टन बिक्री गरिएको जनाएको छ । छिमेकी मुलुक चीन र ओमानबाट पानी जहाजमार्फत भारतको कोलकत्ता तथा हल्दीया बन्दरगाह हुँदै रेलमार्गबाट वीरगञ्जको सिर्सियास्थित सुख्खा बन्दरगाहसम्म मलआईपुग्न समय लाग्ने भएकाले ढिलो हुने देखिएको सो कार्यालयले जनाएको छ ।
संस्थानले माग गरेअनुसारको मल देशको विभिन्न ठाउँमा आपूर्ति गर्दै आएको छ । २२ हजार ५०० मेट्रिक टन युरिया आउनुपर्नेमा हाल १६ हजार मेट्रिक टन मात्र आएको सो मल बाहिर पठाउँदा यस जिल्लाका लागि अपुग भए पनि साउनको पहिलो सातासम्म आइपुग्ने बताइएको छ । संस्थानले जिल्लाका ९५ सहकारी संस्थामार्फत किसानसम्म रासायनिक मल पठाउँदै आए पनि सो मल संस्थाले कालो बजारीमा अन्यत्र बिक्री गर्ने गरेकाले मलको अभाव सिर्जना भएको सम्बद्ध किसानको गुनासो थियो। स्थानीय निकायले अनुगमन नगर्दा रासायनिक मल बेच्ने सहकारी संस्थाले आफूखुशी मल बाँडने गरेकाले लक्षित किसानसम्म मल पुग्न नसकेको जनाइएको छ । कृषि सामग्रीले समानुपातिक हिसाबले सहकारी संस्थालाई मल दिने गरेको जिकिर गर्दै आएको छ ।
रासायनिक मल बिना नै किसानले रोपाइँ गरेको वीरगञ्ज महानगरपालिका–१८ का किसान उमाशङ्करप्रसाद कलवाले बताए । शुरुमा अत्यधिक गर्मीले लगाएको बेर्ना सुकिक्यो भने अब पानी पर्दा मलखादको अभाव भए पनि धान रोपाइँ शुरु गरेका छन् जिल्लामा ४६ हजार हेक्टर जमीनमा धानखेती हुँदै आएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: