Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

हेलिकोप्टरको बिल अब सरकारले होइन, पार्टीले तिर्ने

हुम्ला । पार्टीको कार्यक्रममा सहभागी हुन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रयोग गरेको सेनाको हेलिकोप्टरको भाडा नेकपा हुम्लाले व्यहोर्ने जनाएको छ । नेकपा हुम्ला अध्यक्ष लालकेस जैसीले बुधबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीसहित नेताहरू चढेको हेलिकोप्टरको भाडा दुई लाख ५० हजार उठेको र सो खर्च पार्टीले व्यहोर्ने जनाएका हुन् । तर, हेलिकोप्टरको भाडा सरकारले पहिल्यै सेनालाई बुझाइसकेकाले पार्टीले कसलाई तिर्ने भन्ने विज्ञप्तिमा प्रस्ट छैन ।

पार्टी कार्यक्रममा हेलिकोप्टर प्रयोग भएको भन्ने समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘इतिहासकालदेखि देश र जनताको हित र अधिकारका लागि समर्पित हाम्रो पार्टीले कुनै पनि राज्यकोषबाट खर्च नहुने गरी उक्त हेलिकोप्टरबापत लाग्ने रकम दुई लाख ५० हजार व्यहोर्ने जानकारी आमनागरिकलाई गराउन चाहन्छौँ ।’

सुर्खेतमा आपत्कालीन उद्धारका लागि प्रयोग गर्न राखिएको सेनाको हेलिकोप्टर सरकारी पैसाले भाडामा लिएर मुख्यमन्त्री शाही नेकपा हुम्लाको बैठकमा आएको र दुई दिनसम्म होल्ड गरेको समाचार ९ जेठमा नयाँ पत्रिकाले प्रकाशित गरेको थियो ।

७ जेठमा मुख्यमन्त्री शाही, सामाजिक विकासमन्त्री दल रावल, कर्णाली प्रदेश कमिटी अध्यक्ष गोरख बोगटीसहितका नेता सिमकोट पुगेका थिए । सेनालाई अग्रिम तीन लाख बुझाएर उनीहरूले हेलिकोप्टर भाडामा लिएका थिए । समाचार आएपछि जिल्ला पार्टीले बाध्य भएर खर्च व्यहोर्ने जनाएको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा नरजन तामाङले लेखेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending