Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

प्रकाश सपुतको अपमान गर्नेलाई कारवाहीको माग राख्दै विश्वकर्मा समाजले निकाल्यो यस्तो बिज्ञप्ती

बाग्लुङ । गीतको लय जुधेको विषयलाई लिएर गायक प्रकाश सपुतमाथि सामाजिक सञ्जालमा अपमानजनक र तुच्छ अभिव्यक्ति दिनेलाई कारवाहीको माग गरिएको छ । विश्वकर्मा समाज बागलुङले आज प्रेस विज्ञप्ति जारी गर्दै सिङ्गो दलित समुदायप्रति नै आघात पुग्ने गरी टिप्पणी गर्ने सुवास मङ्गोललगायत व्यक्तिलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गरेको हो ।

“नेपालको संविधान २०७२ र जातीय विभेद तथा छुवाछूत कसुर सजाय ऐन, २०६८ अनुसार कारवाही गर्न नेपाल सरकारसमक्ष माग गर्दछौँ”, विज्ञप्तिमा उल्लेख छ । जातीय तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी सामाजिक सञ्जालमा विचार, टिप्पणी नराख्न पनि समाजले सबैसँग आग्रह गरेको छ ।

“कहीँ कतैबाट सामाजिक सद्भाव भड्किने खालका गतिविधि हामीलाई मान्य छैन”, समाजका संयोजक ताराबहादुर विश्वकर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

गायक तथा सर्जक सपुतको मौलिक लोकदोहोरी गीत ‘गलबन्दी’ को लय गायक शम्भु राईको देउसीभैलो गीतको लयसँग मिलेको भन्दै केही साताअघि विवाद बाहिर आएको थियो ।

गायक तथा सङ्गीतकार राईले सपुतलाई लय चोरीको आरोप लगाउँदै आएका छन्। सोही विषयलाई लिएर सपुत र राईको पक्ष–विपक्षमा सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ । जातीय विभेद झल्कने गरी सपुतमाथि गरिएको दुव्र्यवहारको विषय ससंद्मा समेत पुगेको थियो ।

दलित समुदायका केही सासंदहरुले उक्त घटनाप्रति आपत्ति जनाउँदै कानूनी कारवाहीको माग गरेका थिए । बागलुङको धम्जामा जन्मनुभएका गायक सपुत र शान्ति श्री परियारले गाएको लोकदोहोरी गीत ‘गलबन्दी’ अहिले सर्वाधिक चर्चामा छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending