वासिङ्टन । संयुक्तराज्य अमेरिकाले तयार पारेको बहुचर्चित मध्यपूर्व शान्ति योजनामा प्यालेस्टिनीका लागि ५० अर्ब अमेरिकी डलर भन्दा बढी रकम संकलन गर्ने उद्देश्य राखेको छ ।
यही साता बहराइनमा आयोजना गरिने सम्मेलनमा सार्वजनिक गरिने उक्त योजनाबाट एक दशकभित्र दश लाखभन्दा बढी रोजगारी सिर्जना गरिने बताइएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले प्यालेस्टिनीका लागि अभूतपूर्व लगानी जुट्ने विश्वास गरेका छन । साथै, पश्चिमी किनारा र गाजापट्टीको पूर्वाधार, शिक्षा र आन्तरिक सुशासनमा नाटकीय रुपमा सुधार आउने अपेक्षा पनि गरिएको छ ।
राष्ट्रपति ट्रम्पका ज्वाइँ तथा सल्लाहकार जारेड कुश्नरको नेतृत्वमा खासगरी प्यालेस्टाइन समस्याको दिर्घकालीन समाधान खोज्न अमेरिकी नीति तय गर्ने जिम्मेवारी दिइएको थियो । सोचेभन्दा निकै ढिलो सार्वजनिक गर्न लागिएको यस नीतिमा राजनीतिक विषयलाई भने थाँती राखिएको छ ।
तर प्यालेस्टिनी सरकारले भने बहराइनको कार्यशालामा सहभागिता नजनाउने घोषणा गरेको छ । प्यालेस्टिनीहरुले कुश्नरको प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन् । उनीहरुले राष्ट्रपति ट्रम्पले प्यालेस्टिनीलाई पैसाको लोभ देखाएर खरिद गर्न खोजेको आरोप लगाएका छन् ।
प्यालेस्टिनीहरुले स्वतन्त्र राज्य बाहेक अन्य कुनै पनि कुरा अमेरिका वा इजरायलसँग सौदाबाजी नगर्ने जनाएका छन् ।
ह्वाइट हाउसले भने हाल अघि सारिएको योजना प्यालेस्टिनी जनताका लागि आजसम्मकै सबैभन्दा महत्वाकाँक्षी र ठोस अन्तर्राष्ट्रिय प्रयत्न भएको बताएको छ । उक्त योजनाका बारेमा बहराइनमा खाडी क्षेत्रका सम्पन्न मुलुकका अर्थमन्त्रीहरुबीच अझ विस्तारमा छलफल हुँदैछ ।
संयोजक कुश्नरले जारी गरेको वक्तव्यमा “समृद्धिका लागि शान्ति” नारा दिइएको यो योजना प्यालेस्टिनी जनताको उज्ज्वल र समृद्ध भविष्यका निम्ति महत्वपूर्ण रहेको उल्लेख छ ।
ह्वाइट हाउसले प्यालेस्टिनी जनताका निम्ति एक दशकभित्र ५० अर्ब अमेरिकी डलरभन्दा बढी रकम संकलन गरिने जनाएको छ । यसबाट प्यालेस्टाइनको खूद गार्हस्थ्य उत्पादन दोब्बर हुने अपेक्षा गरिएको छ ।
अन्तर्राष्ट्रिय दाताबाट संकलन गरिने रकमको व्यवस्थापन बहुराष्ट्रिय विकास बैंक मार्फत गरिने छ, र यो रकम प्यालेस्टिनी सरकारलाई सोझै दिइने छैन ।
वरिष्ट प्यालेस्टिनी अधिकारी हनान अश्रावीले उक्त योजना अस्वीकार्य रहेको बताए । उहाँले संयुक्तराज्य अमेरिकाले प्यालेस्टिनीको भलाईका लागि बरु इजरायलमाथि दबाब दिनु उचित हुने बताए ।
उनले भने “गाजाको घेराबन्दी इजरायलले हटाओस्, हाम्रो जमिन, स्रोतसाधन र रकम खोस्ने काम इजरायलले बन्द गरोस्, हामीलाई स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने अवसर देओस् । यति गरिए प्यालेस्टाइन आफैं सक्षम हुनेछ ।एएफपी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: