सिन्धुपाल्चोक । लिशंखुपाखर गाउँपालिका–६, पेड्कुकी १५ वर्षीया स्वस्थानी भण्डारी विद्यालय समय अघि र पछि बाख्रालाई घाँस पानी गर्न व्यस्त हुन्छिन्। बाबु आमा दुवैले छाडेकी कक्षा ९ मा अध्ययनरत स्वस्थानी मात्र हैन उनकी दिदीको पनि दैनिकी त्यही हो।
आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - आर्थिक अभावले पढाइ छाड्नुपर्ने अवस्थामा पुगेका भण्डारी दिदीबहिनी बाख्रापालन सुरु गरेपछि पढाइलाई निरन्तरता दिन थालेका छन्। बाबुले अर्की श्रीमती लिएर हिँडेपछि ४ वर्षकै उमेरमा आमाले पनि छाडेपछि वृद्ध हजुरवुबा र हजुरआमाको संरक्षणमा हुर्किरहेकालाई पढाइ खर्च जुटाउन हम्मे थियो। ‘बाबु आमा दुवै आफ्नो साथमा नभएपछि कापी कलम किन्ने पैसाले पिरोल्दो रहेछ’, स्वस्थानी भन्छिन्, ‘जब बाख्रापाल्न सुरु गर्यौं अहिले पढाइ खर्च जुटाउन सजिलो भएको छ, त्यसैले पढाइ छाड्नु परेन।’
पढाइ छाड्नै पर्ने अवस्थामा पुगेका भण्डारी दिदीबहिनीलाई गत साल ग्रामीण महिला सिर्जनशील परिवारले सुन्दर भविश्यका लागि सुन्दर बालापन कार्यक्रम अन्र्तगत २० हजार रुपैयाँ जीविकोपार्जन सहयोग गरेपछि उनीले बाख्रापालन सुरु गरेका हुन्। गत वर्ष सुरु गरेको बाख्रापालनबाट आम्दानी हुन थालेपछि आफूहरूको पढाइ खर्च जुटाउन सहज भएको स्वस्थानी बताउँछिन्। ‘आमा कता हो थाहा नै छैन, बाबा भए पनि घरमै आउनु हुन्न काम गर्नै नसक्ने हजुर बा हजुरआमाले कसरी खर्च धान्न सक्नु’, स्वस्थानीले अन्नपूर्णसँग भनिन्, ‘अहिले बोका खसी बेचेर आएको पैसाले खर्च पुर्याउने गरेका छौं।’
६८ वर्षीया मिठूमाया गुरुङको पीडा पनि स्वस्थानीको भन्दा कम छैन। उनका ९ र ७ कक्षामा पढ्ने नातिनीलाई पनि पढाउन नसक्ने अवस्थामा पुगेपछि सिर्जनशीलको जीविकोपार्जन सहयोग नै वरदान सावित भएको छ। आमाले छाडेको र बाबुले अर्की श्रीमती ल्याएर काठमाडौं बस्न थालेपछि नातिनीको भविश्य अन्धकार देखेकी मिठूमायालाई बाख्रापालन सुरु गरेपछि केही राहत महसुस भएको छ। प्यारालाइसिस भएर हलचल गर्न नसक्ने श्रीमानको औषधि र दुई सन्तानको पढाइ खर्च जुटाउन हम्मे परेको बताउने सिर्जना गुरुङ पनि सिर्जनशीलको सहयोगले आफूलाई राहत पुगेको बताउन थालेकी छन्। २० हजार सहयोग लिएर बाख्रापालन सुरु गरेकी सिर्जनाले दुई बोका बेचेर १९ हजार आम्दानी गरिसकेकी छन्।
स्वस्थानी, मिठूमाया र सिर्जना जस्तै लिशंखुपाखरको दुई वडामा सिर्जनशीलले सुनौलो भविश्यका लागि सुनौलो बालापन कार्यक्रमअन्तर्गत १४ जना जोखिममा परेर विद्यालय छाड्ने अवस्थामा पुगेका बालबालिकालाई जीविकोपार्जन सहयोग गरेको कार्यक्रम संयोजक एकलव्य राईले जानकारी दिए। कार्यक्रमअन्तर्गत विद्यालय छाडेकालाई विद्यालय फर्काउने, कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराउने र जोखिममा परेका बालबालिकाका अभिभावकलाई जीविकोपार्जन सहयोग गरिएको सिर्जनशीलकी कार्यकारी निर्देशक नानीमाया थापाले बताइन्।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: