गाईघाट । आँपको उत्पादनमा कमी आएपछि यसको मूल्यमा दोब्बरले वृद्धि भएको छ ।
यो वर्ष उदयपुरलगायत यस क्षेत्रमा आँपको उत्पादनमा कमी आएपछि अहिले काँचो आँपको मूल्यमा समेत गत वर्षभन्दा दोब्बरले वृद्धि भएको छ । फूल फुलेर फल लाग्ने मौसममा आँपको राम्रो फल लागेको भए तापनि पटक–पटक आएको हावाहुरी र असिनाले उदयपुर जिल्लामा आँप उत्पादनमा ठूलो क्षति भएपछि उत्पादनमा कमी भएको कारण मूल्य वृद्धि भएको आँप उत्पादक व्यावसायिक कृषक र व्यापारी बताउँछन् ।
गत वर्ष यो समयमा काँचो आँपको मूल्य प्रतिकिलो रु ४० देखि ५० सम्म रहेको थियो । यो वर्षको सोही समयमा काँचो आँपको मूल्य प्र्रतिकिलो रु १०० देखि १२५ रहेको गाईघाटका आँप व्यापारी रामजी साहले बताए ।
गाईघाटका अर्का आँप व्यापारी दुर्गेस दासले अहिले बोटमा नै काँचो आँपको मूल्य प्रतिकिलो रु १०० भन्दा बढी पर्ने गरेको बताए । “यस पटक हावाहुरी र असिनाले चैतमा धेरै आँपका चिचिला खसाल्यो, प्रायः आँपका बगानमा २५ प्रतिशत आँपमात्र बाँकी रहेको छ, अब सस्तो मूल्यमा बिक्री गर्न नसकिने अवस्था छ”, चौदण्डी नगरपालिका–३ हँडियाका व्यावसायिक आँप उत्पादक कृषक धीरेन्द्र चौधरीले भने ।
यस पटक फागुनको अन्तिम हप्ता र चैतको पहिलो हप्तामा नै हावाहुरी र असिनाले फल लाग्दै गरेको आँपमा ठूलो क्षति पुर्याएकाले आँप उत्पादक कृषकले ठूलो घाटा व्यहोर्नु परेको त्रियुगा नगरपालिका–१ जोगीदहका अमर खड्काले बताए ।
खड्काले भने, “व्यापारीले बाहिरबाट रासायनिक पदार्थ मिसाएर ल्याएको सस्तो आँप अहिले बजारमा सस्तो मूल्यमा बिक्री हुने गरेको हामीले सुनेका छौँ, तर हामीले उत्पादन गरेको आँप आर्गेनिक आँप भएको कारण घाटा व्होरेर सस्तोमा बिक्री गर्न सक्दैनौँ ।” आँप उत्पादक कृषकले नै आँपको मूल्य सस्तोमा बिक्री गर्न नसकिने भने पनि यस पटक उदयपुरलगायतका स्थानमा काँचो आँपको मूल्य नै महँगो पर्न थालेको उपभोक्तासमेत बताउँछन् ।
यस वर्ष आँपको मूल्य गत वर्षको तुलनामा दोब्बरले वृद्धि भएको चौदण्डीगढी नगरपालिका–२ बेल्टार बजारका कुमार परियारको धारणा छ । काँचो आँपको मूल्य नै प्रतिकेजी रु १०० पर्न थालेपछि यस पटक ग्राहकले आँप किनेर खान निकै महँगो पर्ने अवस्था आएको गाईघाट बजारका स्थानीय राजकुमार राउतको भनाई छ ।
उदयपुर जिल्ला बेलका नगरपालिकाको पुरनदह, भागलपुर, तपेस्वरी, चौदण्डी नगरपालिकाको हँडिया, सुन्दरपुर तथा त्रियुगा नगरपालिकाको जोगीदह, मोथ्याई, विषणपुर, पोर्ताह, बगाहा, श्रीपुर क्षेत्रमा व्यावसायिक रुपमा आँप उत्पादन हुँदै आएको छ ।
यस्तै जिल्लाको पहाडी क्षेत्रको पञ्चावती दनुवारबेसी र कटारीको त्रिवेणी, रिस्कु क्षेत्रमा व्यावसायिक रुपमा आँप उत्पादन हुँदै आएको जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ । उदयपुरमा झण्डै १५० हेक्टर क्षेत्रफलमा आँप खेती हुँदै आएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: