पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–२ को कार्यालयले सासू–ससुरालाई राम्रो हेरचाह गरेको भन्दै यहाँका १७ बुहारीलाई सम्मान गरेको छ । उमेर ढल्कँदो अवस्थामा रहेका सासू–ससुराको राम्रो हेरविचार गर्ने बुहारीलाई नगद र दोसल्ला ओढाएर सम्मान गरेको हो ।
ढल्कँदो उमेरमा रहेका सासू–ससुराको स्याहारसुसार गरेर सम्मानका साथ जिउने आधार बनोस् र आफ्ना सन्तान हुँदाहुँदै कोही पनि ज्येष्ठ नागरिक वृद्धाश्रममा जान नपरोस् भनेर यो कार्यक्रम गरेको वडाध्यक्ष नीरबहादुर सारुले बताए । शारीरिकरूपमा अशक्त सासू–ससुराको पालनपोषण गर्ने दायित्व भएको सम्मानित बुहारी शान्ती देवकोटाले बताइन्।
“सासू–ससुरा भनेका आफूलाई जन्मदिने बुबाआमा जस्तै हुन्, उनीहरुलाई ढल्कँदो उमेरमा मायाममता, स्याहारसुसारको खाँचो छ, उनीहरुलाई स्याहारसुसार गर्न पाउँदा आनन्द लाग्छ”, उनले भने । परिवारको संरक्षक अभिभावकबाट अगाडि बढ्न आशीर्वाद लिँदै सन्ततिले घृणा होइन, माया र ममताका साथ पालनपोषण गर्न उनी अनुरोध गर्छन् ।
त्यसैगरी ८० वर्षभन्दा माथिका ४१ ज्येष्ठ नागरिकलाई पनि सम्मान गरिएको छ । वडाले गरेको यस कार्यप्रति खुशी र रमाइलो लागेको १०० वर्षीया चन्द्रकला न्यौपाने बताउछिन् । यो उमेरमा आएर सम्मानित हुन पाउँदा उनी दङ्ग छन् । एक सय वर्षीया हजुरआमासँगै असल नातिनी बुहारीका रूपमा सम्मानित हुन पाउँदा खुशी लागेको पम्फा न्यौपानेले बताइन्। उनले अरुलाई पनि सासूससुराको राम्रो हेरचाह गर्न अनुरोध गरे ।
समाजमा ज्येष्ठ नागरिकलाई सम्मान दिनुका सट्टा हेयको रूपमा हेर्ने सन्तति पनि छन् । उनीहरुले यो कार्यको पाठ सिक्न सके भने बुढेसकालमा ज्येष्ठ नागरिकले दुःख भोग्नुपर्ने थिएन । यसैगरी निस्दी गाउँपालिका–६ को कार्यालयले पनि असर छोराबुहारीलाई सम्मान गरेको छ ।
१०८ महिलाका मुद्दा फैसला
जिल्ला अदालत पाल्पामा दर्ता भएका मुद्दामध्ये १०८ महिलाका मुद्दा फैसला भएको छ । साउनदेखि जेठ मसान्तसम्म १३६ महिलाले सम्बन्धविच्देछका लागि मुद्दा दर्ता गराएका थिए । दर्ता भएका मुद्दामध्ये २८ फैसला हुन बाँकी छ । जबर्जस्ती करणीअन्तर्गत ३० मुद्दा दर्ता भएकामा १२ फैसला भएको र १८ फैसला हुन बाँकी रहेको जिल्ला न्यायाधीश शङ्कर बरालले बताए ।
नयाँ कानूनी व्यवस्थामा पुरुषले पनि सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दर्ता गर्न पाउने भएपछि ६४ मुद्दा दर्ता भएका छन् । तीमध्ये २२ मुद्दा फैसला भएको, ४२ फैसला हुन बाँकी रहेको छ । २०७५ साउनदेखि २०७६ जेठ मसान्तसम्म जिल्ला अदालत पाल्पामा ५५९ मुद्दा दर्ता भएकामा ३६१ फैसला र १९८ फैसला हुन बाँकी रहेको छ ।
सबैभन्दा बढी लेनदेन, झैझगडा, अंशवण्डा, सम्बन्धविच्छेदजस्ता व्यक्तिगत गरी ३५१ मुद्दा दर्ता भएको अदालतका श्रेस्तेदार कृष्णमुरारी सिग्देलले बताइन् । फौजदारीअन्तर्गत ७९, सरकारवादी फौजदारीमा ११६ र १३ मुद्दा पुनरावेदन परेको छ । पुरानो मुलकी ऐन विस्थापित भई २०७५ भदौदेखि नयाँ कानून आएपछि जिल्ला अदालत पाल्पामा गत वर्षको तुलनामा मुद्दा धेरै परेका छन् । त्यसमा सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दर्ता गर्ने पुरुषको सङ्ख्या ह्Þवात्तै बढेको छ ।
नयाँ जारी भएको संहिता तथा कानूनमा जनताको अधिकारको क्षेत्र वृद्धि भएको, न्यायको दायरामा वृद्धि भएको, विगतका वर्षमा अदालतसम्म नआएका मुद्दासमेत अदालतमा आउने गरेका कारण मुद्दाको सङ्ख्या बढेर गएको जिल्ला अदालत पाल्पाले जनाएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: