Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

बिपी राजमार्गकाे होटलमा स्टिकरको रङ हेरेर खाना खान पाइने

सिन्धुली । बिपी राजमार्गअन्तर्गत सिन्धुली सडकखण्डको चियाबारी, खुर्कोटका होटलमा खाद्य स्वच्छतासम्बन्धी स्टिकर टाँसिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले होटलमा खाद्य स्वच्छतासम्बन्धी स्टिकर टासेको हो ।

राजमार्ग भएर सवारी भित्रने र बाहिरिनेको सङ्ख्या बढेसँगै अस्वस्थ प्रतिस्पर्धामा होटल खुल्ने क्रम बढ्दै जाँदा उपभोक्ताको स्वास्थ्यलाई ख्याल गर्दै खाद्य स्वच्छता स्टिकर टाँसिएको हो । स्टिकरमा थोरैले मात्र खाद्य स्वच्छतामा राम्रो अङ्क प्राप्त गर्दै उक्त स्टिकर पाएका छन् । अधिकांश होटलले भने पहेँलो रङको स्टिकर पाएका छन् ।

डिभिजन कार्यालय सिन्धुलीले चियाबारीका २१ र खुर्कोटका २५ वटा होटलमा अहिलेसम्म खाद्य स्वच्छता स्टिकर टाँसेको कार्यालय प्रमुख प्रेम अर्यालले जानकारी दिए । पटक पटकको अनुगमन पछि खाद्य स्वच्छता स्टिकर टाँसिएको हो ।

उनले भने, “सिन्धुली चियाबारीका २१ होटलले पहेँलो स्टिकर पाएका छन् जुन होटलमा लगाइएको स्टिकरले खाद्य स्वच्छताको दृष्टिकोणले सरसफाइ र होटलको व्यवस्थापनमा कमी भन्ने अर्थ लगाउँछ, हरियो रङको स्टिकर पाउने होटलमा उपभोक्ताले निर्धक्क खान सक्छन् ।”

खुर्कोटमा होटलको अनुगमन गर्दा २५ होटलमा स्टिकर टाँसिएको र १५ वटा दर्ता बिना सञ्चालनमा रहेको पाइएको थियो । अब १५ वटा होटलमा स्टिकर टाँस्न बाँकी छ । “खुर्कोटका होटलमा भने पहिलाको अवस्थाभन्दा अहिले उल्लेख्य सुधार आएको पाएका छौँ”, कार्यालय प्रमुख अर्यालले भने । खुर्कोटमा सात होटलले दुई स्टार भएको हरियो, १० वटाले एउटा स्टार भएको हरियो र आठ वटा होटलले पहेँलो रङको स्टिकर पाएका छन् ।

तीनवटा हरियो स्टिकर खाद्य स्वच्छताको स्तरमा क–अति उत्तम, ख–उत्तम, ग–सन्तोषजनक र पहेँलो रङको घ– सामान्य स्टिकर हुन् । तीनवटा हरियो स्टिकर रहेका होटलमा खाना निर्धक्कसाथ खान सकिने र पहेँलोमा खाना खान सोचेर मात्र खानुपर्ने भन्ने जनाउँछ ।

स्टिकर टाँस गर्न होटलको स्तरीकरण ५० वटा सूचकका आधारमा तयार गरिएको छ । डिभिजन कार्यालयले होटल स्तरीकरणसम्बन्धी निर्देशिका २०७४ बमोजिम गरेको मूल्याङ्कनमा होटलले सरसफाइ र खाद्य स्वच्छतामा सुधार गर्नुपर्ने देखिएको बताइएको छ । मूलकोट र भिमानलगायत अन्य क्षेत्रका होटलमा स्टिकर टाँस्ने जनाइएको छ ।

होटल व्यवसायी सङ्घ सिन्धुलीका अध्यक्ष अमृतबहादुर श्रेष्ठको संयोजकत्वमा जेठ १ गते खाद्य स्वच्छतास्तरीकरण समिति गठन गरिएको थियो । समितिमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य सङ्घ, घरेलु तथा साना उद्योग विकास समिति सिन्धुली, स्थानीय जनप्रतिनिधि सदस्य र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली सदस्य सचिव छन् ।

सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले होटलमा स्टिकर टाँस गर्दै स्तर सुधार गर्न आग्रह गरे । मापदण्डमा सञ्चालन नभएका होटललाई स्तर सुधार गर्न केही समय दिइने र त्यसपछि पनि सुधार नगरे कारवाही गर्ने उनले बताए । पछिल्लो समयमा राजमार्गको विस्तारसँगै सवारीको चाप बढ्दै जाँदा दिन प्रतिदिन होटलको सङ्ख्यामा वृद्धि भएको र गुणस्तरहीन खाना, खाजा खुवाएको भन्ने गुनासो आएकाले विभिन्न निकायसँग सहकार्य गरेर अनुगमन गरिएको उनको भनाइ थियो ।

होटल व्यवसायी सङ्घ सिन्धुलीका अध्यक्ष श्रेष्ठले होटल व्यवसायीको हितका लागि होटलमा खाद्य स्वच्छतासम्बन्धी स्टिकर टाँसिएको बताए । व्यवसाय सञ्चालन गर्दै गर्दा नियममा रहेर गर्नुपर्ने भन्दै उनले व्यवसायीले गुणस्तरीय व्यवसायको सन्दर्भमा काम गर्न आग्रह गर्दै कम्तीमा पनि खाद्य स्वच्छताको मापदण्ड पूरा गर्न व्यवसायीलाई आग्रह गरे ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies