काठमाडौ। आयुर्वेद, योगशास्त्रका पिता तथा संस्कृतिविद् पतञ्जलिको जन्म नेपालमा भएको पुष्टि भएको छ । डा विष्णुराज आत्रेय (लाटोसाथी)ले ‘पतञ्जलि’ पुस्तकमार्फत उनको जन्म अर्घाखाँचीको शीतगङ्गा पलटेमा भएको तथ्य सार्वजनिक गरेका छन् । विभिन्न शास्त्रीय उत्खननबाट अर्घाखाँची, प्यूठान र दाङको सिमानामा पर्ने सो ठाउँमा पतञ्जलिको जन्म भएको तथ्य डा आत्रेयले फेला पार्न सफल भएका हुन् ।
वाल्मीकि क्याम्पसमा आयोजित कार्यक्रममा पुस्तकका लेखकले पतञ्जलिका बारेमा प्रकाश पार्दै पतञ्जलि नेपालमा जन्मिएका बारे करीब दुई सय उदाहरण पेश गरेर पुस्तक तयार पारेको बताए । \'झट्ट सुन्दा शुरुमा अपत्यारिलो पनि लाग्न सक्छ\', उनले भने, \'पुस्तक पढिसकेपछि पत्याउन केही गाह्रो पर्दैन ।\' उनले पुराण, महाभारतको अध्ययन र विभिन्न खोज–अनुसन्धानबाट पतञ्जलि अर्घाखाँचीमा जन्मिएको तथ्य फेला पार्न सकिएको बताए । एक सय २५ पृष्ठको पुस्तकमा पतञ्जलिको जन्म र उनका क्रियाकलापबारे करीब दुई सय उदाहरण दिएको लेखक आत्रेयले बताए । पाकिस्तानको लाहोरबाट अर्घाखाँचीको गोपर्वतमा आई पाणिनिले संस्कृत व्याकरणको आविष्कार गरेका थिए । पाणिनिबाटै प्रभावित भएर पतञ्जलिले पनि संस्कृतमा खोज–अनुसन्धान र कृति तयार पारेको उनले बताए।
“पाणिनिसँग पतञ्जलिको भेट नभए पनि पतञ्जलिले पलटेबाट पाणिनि तपोभूमि पुगेर पाणिनिका बारेमा अध्ययन गरेका थिए”, आत्रेयले भने, “पतञ्जलिको जन्म र पाणिनिको कर्मथलो अर्घाखाँची हुनु सबै नेपालीले गर्व गर्ने विषय हो ।” उनले पतञ्जलिको जन्म भएको क्षेत्रमा विभिन्न संरचना निर्माण गरी सो क्षेत्रको विकासमा सरकारले विशेष ध्यान पुर्यानुपर्ने बताए । \'मठमन्दिर, कुटी, पतञ्जलिको मूर्तिलगायतका विभिन्न संरचना निर्माण गर्नसके देशी–विदेशी भक्तजनको घुइँचो लाग्नेमा दुई मत छैन\', उनले भने, \'बस्नका लागि सुविधा सम्पन्न होटल र आवश्यक अन्य पूर्वाधार निर्माणमा लाग्नुपर्छ ।\'
कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक डा भीष्म भुसाल, डा चिरञ्जीवी भट्टराई, सर्वोच्च अदालतका उपसचिव अशोक क्षेत्री, शैक्षिक गुणस्तर परीक्षण केन्द्रमा कार्यरत टेकनारायण पाण्डे, शीतगङ्गा सेवा समाजका अध्यक्ष लालमणि पाण्डे, अधिवक्ता गोपाल घिमिरे, पत्रकार अर्जुन भुसाललगायतले मन्तव्य राख्दै पतञ्जलिको जन्म नेपालको अर्घाखाँचीमा भएको विषयलाई प्रचारप्रसार गरी विश्वसामु पुर्याउनुपर्नेमा जोड दिएका थिए ।
उनीहरुले पतञ्जलि जन्मस्थल र पाणिनिको तपस्यास्थलको विकास गरी प्रचारप्रसार गर्नसके अर्घाखाँचीको मात्र नभई सिङ्गो मुलुकको नै पर्यटन क्षेत्रमा फड्को मार्नसक्ने बताए । शीतगङ्गा नगरपालिकाले ठाडादेखि ऐरावतीसम्मको सडकलाई पतञ्जलिमार्ग नामकरण गरिसकेको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: