Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

यी हुन् जनयुद्ध सुरु गर्ने तात्कालिन माओवादीका १९ नेता

काठमाडौं । तत्कालीन नेकपा (माओवादी) ले १० वर्षको भीषण सङ्घर्ष गरेर नेपाललाई राजनीति निकास दिएको छ । देशमा गणतन्त्रको स्थापना भएको छ, सङ्घीयता, समावेशी संविधान बनेको छ । देश अहिले आर्थिक समृद्धिको नयाँ चरणमा प्रवेश गरेको छ ।

यी सबै उपलब्धि नेपालमा भएको जनयुद्धका कारण सम्भव भएको हो । तात्कालीन माओवादीले २०५२ साल फागुन १ गते जनयुद्धको घोषणा गरेको थियो । ११ वर्ष लामो सशस्त्र सङ्घर्षपछि जनयुद्ध २०६३ मङ्सिर ५ गते शान्ति सम्झौतामा पुगेर नयाँ गन्तव्यतिर लाग्यो ।

जनयुद्धमा धेरैले सङ्घर्ष गरे, धेरैको बलिदानी भयो, हजारौं मानिस अहिले पनि बेपत्ता छन् । त्यस्तो महान् युद्धको प्रारम्भ गर्दा १९ जना नेता मात्रै केन्द्रीय सदस्य थिए । यहाँ ती नेताको नाम उल्लेख गरिएको छ ।

पोलिट्व्यूरो : १. पुष्पकमल दाहाल ‘प्रचण्ड’, महामन्त्री, २. मोहन वैद्य ‘किरण’, पोलिट्व्यूरो सदस्य, ३. डा. बाबुराम भट्टराई ‘लालध्वज’, पोलिट्व्यूरो सदस्य, ४. रामबहादुर थापा ‘बादल’, पोलिट्व्यूरो सदस्य, ५. पोष्टबहादुर बोगटी ‘दीवाकर’, पोलिट्व्यूरो सदस्य, ६. सीपी गजुरेल ‘गौरव’, पोलिट्व्यूरो सदस्य ।

केन्द्रीय समिति : ७. हरिबोल गजुरेल ‘शितलकुमार’, केन्द्रीय सदस्य, ८. यानप्रसाद गौतम ‘आलोक’, केन्द्रीय सदस्य, ९. टोपबहादुर रायमाझी ‘अनिल’, केन्द्रीय सदस्य, १०. देवप्रसाद गुरुङ ‘कान्छाबहादुर’, केन्द्रीय सदस्य, ११. पम्फा भुसाल ‘विद्युत’, केन्द्रीय सदस्य, १२. दण्डपाणि न्यौपाने ‘दीपेन्द्र’, केन्द्रीय सदस्य, १३. अग्नि सापकोटा ‘कञ्चन’, केन्द्रीय सदस्य, १४. फणिन्द्र आचार्य ‘अनल’, केन्द्रीय सदस्य, १५. लोकेन्द्र विष्ट ‘अभ्यास’, केन्द्रीय सदस्य, १६. हरिभक्त कंडेल ‘प्रतीक’, केन्द्रीय सदस्य, १७. मातृका यादव ‘रामसिंह’, केन्द्रीय सदस्य, १८. दिनेश शर्मा ‘सागर’, केन्द्रीय सदस्य, १९. नारायण शर्मा ‘कमलप्रसाद’, केन्द्रीय सदस्य।

यी १९ जना केन्द्रीय सदस्यमध्ये प्रचण्ड, बादल, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, देव गुरुङ, पम्फा भुसाल, अग्नि सापकोटा, माृतका यादव र नारायण शर्मा नेकपाको महत्वपूर्ण जिम्मेवारीमा छन् ।

त्यसैगरि मोहन वैद्य, डा. बाबुराम भट्टराई, सीपी गजुरेल, लोकेन्द्र विष्ट मुलधारबाट अलग भएर अलग समूह बनाएका छन् । वैद्य, गजुरेलले नेकपा (क्रान्तिकारी–माओवादी) ले गठन गरेका छन्, डा. बाबुराम भट्टराई नयाँ शक्तिका संयोजक छन् भने लोकेन्द्र विष्ट नेकपाबाट अलग भएर बसेका छन् ।

जनयुद्धका केन्द्रीय सदस्यमध्ये सुरेश वाग्लेको २०५६ सालमा हत्या भयो भने दण्डपाणि न्यौपाने बेपत्ता पारिए । प्रखर वक्ता मानिने यानप्रसाद गौतम ‘आलोक’ पनि युद्धकै क्रममा मारिए, जतिबेला उनी पार्टी कार्वाहीमा थिए । त्यसैगरि पोष्टबहादुर बोगटीको शान्ति प्रक्रियामा आएपछि हृदयघातका कारण निधन भयो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending