नयाँ दिल्ली । भारत सरकारले इन्सेफ्लाइटिसको महामारीबाट १०० जना भन्दा बढी बालबालिकाको ज्यान गएपछि भारत सरकारले करिब १०० जना स्वास्थ्य अधिकारी बिहारको उक्त प्रभावित क्षेत्रमा पठाएको छ ।
भारतीय पूर्वी राज्य बिहारहको मुजफ्फरपुर जिल्लामा इन्सेफ्लाइटिसको प्रकोप बढेको हो । उक्त जिल्लामा मात्र यस प्रकोपबाट १०० जनाभन्दा बढी बालबालिकाको ज्यान गएको बताइएको छ ।
त्यहाँको राज्य सरकारलाई औषधि उपचारका साथै रोगजन्य विषयमा आवश्यक सहयोग र अनुसन्धान गर्नका लागि उक्त उच्चस्तरीय टोली त्यसतर्फ पठाएको बताइएको छ ।
बिहार सरकारको स्वस्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार उक्त महामारीको नियन्त्रणका लागि भारतको केन्द्रीय सरकारले बिहारको उक्त जिल्लाका विभिन्न स्थानमा अत्याधुनिक प्रयोगशालाहरु पनि राखेको छ ।
उक्त मन्त्रालयले पछिल्लो समयमा बिहारका अरु जिल्लामा पनि यस प्रकोपको खतरा बढ्दै जाने आशंका उत्पन्न भइरहेकोले अरु जिल्लामा पनि यस्तो खालको प्रयोगशाला राख्ने जानकारी गराएको बतायो ।
भारत सरकारका स्वास्थ्यमन्त्री हर्ष वर्धनले बिहारमा देखिएको उक्त महामारीको नियन्त्रणका लागि सरकारले आवश्यक पहल गरेको जानकारी दिए ।
उनले बिहार सरकारले विभिन्न स्थानमा अनुसन्धान केन्द्र तथा प्रयोगशाला राखेर काम गरिरहेको जानकारी पनि दिएको समाचारमा जनाइएको छ ।
सोमबार मात्र भारतीय समाचारदाताहरुसँग कुरागर्दै स्वास्थ्यमन्त्री हर्ष वर्धनले केन्द्र सरकारले उक्त महामारी नियन्त्रणका लागि र प्रभावितहरुको उपचारका लागि आवश्यक सहयोग गरिरहेको जानकारी गराए ।
उनले भने– हामीले यस महामारीको अवस्थाको निकै गहिरोसँग अनुगमन गरिरहेका छौँ र के कति कारणले यहाँ यो महामारी फैलिएको हो भन्ने बारेमा अनुसन्धानका लागि पनि हामीले पहल गरिहेका छौँ ।
श्रीकृष्ण मेडिकल कलेजका सुपरीन्टेन्डेन्ट सुनिलकुमार शाहीका अनुसार उपचारका लागि कलेजको अस्पतालमा भर्ना भएका ८३ बालबालिकाको मृत्यु भएको छ । मुजफरपुरकै केजरीवाल अस्पतालमा भर्ना भएका अरु १७ बालबालिकाको मृत्यु भएको छ ।
इन्सेफलाइटिसबाट मृत्यु भएका व्यक्तिका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ उपलब्ध गराउने विहारका मुख्यमन्त्री नितिश कुमारले घोषणा गरिसकेका छन् । मुख्यमन्त्री नितिश कुमारले रोगविरुद्ध लड्न सबै स्वास्थ्य निकायहरुलाई सक्रियतापूर्वक काममा जुट्न निर्देश गरेका छन् ।
इन्सेफलाइटिस भएमा यसले उच्च ज्वरो आउने, टाउको दुख्ने र पक्षाघात समेत हुने गर्दछ । गत साता विहारका स्वास्थ्यमन्त्री मङ्गल पाण्डेले विज्ञहरुको टोलीले इन्सेफलाइटिस रोग लाग्नुका मुख्य कारणहरुको पहिचान गरेको बताएका थिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: