Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

काङ्ग्रेसका कार्यकर्ताद्धारा वैकल्पिक नयाँ सडकमा डोजर लगाए

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–७ स्थित डेडीथुम्का क्याम्पस हुँदै कश्यपेश्वर महादेव मन्दिर जाने सडक तथा पर्खाल निर्माणलगत्तै भत्काइएको छ । हेलम्बु राजमार्गमा सवारीको चाप बढ्दा कुन्ताबेँसीबाट वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने तथा मन्दिर जान समेतका लागि निर्माण गरिएको सडक नेपाली काङ्ग्रेसका स्थानीय नेता÷कार्यकर्ताले डोजर लगाएर भत्काएका हुन् ।

नेपाली काङ्ग्रेस मण्डन देउपुर नगरका सभापति रामहरि सापकोटाले उक्त स्थानमा वैकल्पिक सडक हुन नसक्ने भएकाले आफूहरुले भत्काएको बताए । उनले भने, \'कुवा तथा किरियापुत्री जाने बाटो बिगारिदिएकाले हामीहरुले अवरोध गर्दै भत्काइदियौँ, बाटो र सिँढी बनाइदिन्छौँ भने, अहिलेसम्म बनाउने सुरसार छैन ।\' उनले वडाध्यक्ष नारायण लम्सालकै उपस्थितिमा सडक भत्काइएको जिकिर गरे ।

उक्त स्थानमा वैकल्पिकरूपमा प्रयोग गर्न सकिने उद्देश्यले मण्डन उपत्यका समाजिक उत्थान मञ्चद्वारा निर्माण शुरु गरिएको दुई किलोमिटर सडक निर्माणाधीन अवस्थामा थियो । नेता सापकोटाले काङ्ग्रेसका वडाध्यक्षका पराजित उम्मेदवार गङ्गालाल श्रेष्ठको सहयोगमा पार्टीका स्थानीय कार्यकर्ताको एक टोली बनाएर सडक भत्काइदिएको मञ्चका अध्यक्ष होमप्रसाद चौलागाईले बताए । उनले भने, \'सडक निर्माणका क्रममा कुवा तथा किरियापुत्री जाने बाटो भत्किए पनि हामीले अझ व्यवस्थित ढङ्गले बाटो र सिँढी बनाइदिने भन्दाभन्दै उनीहरुले डोजरसमेत लगाएर बनाइसकिएको स्थानको सडक तथा पर्खाल भत्काइदिए ।\'

नगरका उपप्रमुख निर्मला शाहीले सडक निर्माणका क्रममा भत्किएको बाटो बनाइदिने योजना रहेको बताउँदा पनि दम्भका साथ मेसिन नै लगाएर निर्माण भएको सडक र पर्खाल भत्काउनु गलत भएको बताइन् । \'निर्माणका क्रममा केही संरचना बिग्रिए भनेपछि बनाउनैपर्छ, तर राजनीतिक ‘इगो’ साँधेर डोजरै लगाएर बाटो भत्काउनु दुर्भाग्यपूर्ण अवस्था हो\', उनले भनिन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE