Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

निर्माणाधीन बनेपा सडक खण्ड पूरा गर्न पहल गर्दै

बनेपा। काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ महादेवटारबाट वडा नं ६ बनुखचौर जोड्ने मोटरबाटो निर्माणलाई प्रभावकारी बनाउन गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले पहल थालेका छन् ।

सो गाउँपालिकाको केन्द्र बनखुसम्म जानका लागि कटुञ्जे चौकीडाँडा–सिपाली–बुढाखानी–बनखु–घर्तीछाप सडक करीब डेढदशकदेखि निर्माण शुरु गरिए पनि वडा नं ४ स्थित महादेवटारबाट अगाडि बढ्न सकेको थिएन । उक्त वडाको खोलाघारीदेखि वनखु जोड्ने स्थानसम्म कडा चट्टान भएका कारण खोल्न बाँकी रहेको सो सडकखण्ड केन्द्र सरकारको आर्थिक वर्ष २०७५÷७६ को बजेटबाट रू एक करोड विनियोजन भएकाले पुनः थालिएको हो ।

\'अब सो बजेटबाट यसपाली जसरी भए पनि गाउँपालिकाको केन्द्रसम्म बाटो जोड्ने योजनामा छु।\' गाउँपालिका अध्यक्ष जिम्बाले भने, \'यो बाटो जोडेसँगै गाउँपालिकाको केन्द्रसम्म आफ्नै जिल्ला भएर आवतजावत गर्न सहज हुनाका साथै यात्रा पनि छोटिने छ ।\' अहिले सो काम शुरु गरेको एक हप्ता भएको छ । आन्तरिक रुपमा सडक सञ्जालले नजोडिएका कारण अहिलेसम्म पनि छिमेकी जिल्ला सिन्धुलीको रामपुर हुँदै त्यहाँ जानुपर्ने बाध्यता छ ।

सडक ट्र्याक खोल्ने जिम्मा पाएका पिएसके निर्माण सेवा प्रालिका प्रोपाइटर सुदिप गौतमले शुरु गरेको काम तोकिएको समयभित्रै सम्पन्न गरिने जानकारी दिए । \'ढिलै ठेक्का आह्वान भएको थियो, अब छनोट भएर प्रक्रिया अगाडि बढेको छ ।\' उनले भने, \'तोकिएको समयभित्र निर्माण सम्पन्न गरिनेछ ।\'अहिले सो ठाउँमा दुईवटा स्काभेटरले काम गरिरहेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE