हेटौंडा । ३ नम्बर प्रदेश सरकारले २०७६र७७ का लागि करिब ४८ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। प्रदेश सभामा प्रस्तुत गरिने बजेटको तयारी पूरा भएको आर्थिक मामिला तथा योजनामन्त्री कैलासप्रसाद ढुंगेलले बताए।
आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - बजेटमा पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिएको उनले जानकारी दिए। चालु आर्थिक वर्षका केही महत्वपूर्ण योजना कार्यान्वयन गर्न नसकेपछि ती योजनालाई नयाँ आर्थिक वर्षमा प्रदेश गौरवको योजनामा राखिएको छ। पोष्टबहादुर बोगटी भीमफेदी–काठमाडौं सुरुङ मार्ग, पुष्पलाल चक्रपथ निर्माण, मदन भण्डारी सडक निर्माण, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गौरवका योजनाका रूपमा अगाडि बढाइएको छ। हेटौंडा अस्पतालको क्षमता वृद्धि गरेर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइन लागेको हो।
प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ल्याएको विद्युतीय सवारी सञ्चालन गर्न डिजेल पेट्रोलबाट चल्ने सवारी साधनमा न्युनीकरण गर्न बजेट छुट्याइएको ढुंगेलको भनाइ छ। प्रदेशमा विकल्पसहित प्लाष्टिक निषेध गर्ने तयारी गर्न बजेट छुट्याइएको उनले जानकारी दिए। चालु आर्थिक वर्षमा बजेट छुट्याएर काम नभएका योजनाको बजेटलाई पनि निरन्तरता दिएको उनले बताए। ‘प्रदेशका १३ जिल्लाका १ सय १९ स्थानीय तहका नागरिकलाई छुने गरी बजेट ल्याउँदैछौं’, उनले भने, ‘यो बजेटबाट जनताले प्रदेश सरकारको अनुभूति गर्न पाउनेछन्। ’
कृषि, वन, पर्यटनलाई समेत प्राथमिकता दिएको बजेट खर्च पूर्ण रूपमा खर्च हुने गरी ल्याउन लागिएको ढुंगेलले बताए। ‘विविध कारणले चालु आर्थिक वर्षमा धेरै रकम खर्च नहुने निश्चित छ तर, आउँदो आर्थिक वर्षका लागि खर्च गर्ने आधारसहित बजेट ल्याउँदैछौं’, मन्त्री ढुंगेलले भने। चालु आर्थिक वर्षको बजेट खर्च २५ प्रतिशतमा सीमित हुने प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयको अनुमान छ। प्रदेशले चालु आर्थिक वर्षका लागि ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।
पूँजीगततर्फ २१ अर्ब ७५ करोड ३० लाख नौ हजार र चालुतर्फ १३ अर्ब ८६ करोड २५ लाख ९१ हजार बजेट छुट्याएकोमा चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म जम्मा १८ प्रतिशत बजेट खर्च भएको थियो। सरकारले चालु आर्थिक वर्षको पुँजीगत बजेट खर्च नभएपछि स्थानीय तहलाई एम्बुलेन्स, दमकल र शव बाहन खरिद गर्न १० करोड ५७ लाख रुपैयाँ बजेट निकासा गरेको छ।
२०७६र७७ को बजेट पिएलएमबीआईएस सिस्टमबाट निर्माण गरिएको मन्त्रालयले जनाएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव घनश्याम पन्थीले चालु आर्थिक वर्षको बजेट सूत्र प्रविधिबाट ल्याइएकोमा प्रदेशको बजेट निर्माण उक्त प्रविधि प्रभावकारी नभएकाले नयाँ प्रविधि प्रयोग गरिएको बताए।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: