Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

तरकारी खेतीमा व्यस्त पूर्वमाओवादी नेता मगर

डोटी । कुनै बेला बम र बन्दुक बोकेर जनयुद्ध लडेका डोटी केआइसिंह गाउँपालिका–१ का ७२ वर्षीय तत्कालीन माओवादी नेता प्रताब पुनमगर हिजोआज तरकारी खेतीमा व्यस्त छन् ।

डोटीको दीपायलस्थित पिपल्ला बजारमा उनले तीन रोपनी जमीन भाडामा लिएर तरकारी खेती शुरु गरेको हो ।

राजनीतिले मात्रै खान लाउन र परिवार पाल्न नसकिने भएपछि तरकारी खेती शुरु गरेको नेता पुनमगरले बताए । उनले भने, “निःस्वार्थ रुपमा राजनीति गर्दा पेट र परिवार पाल्न गाह्रो भयो, परिवार र पेट पाल्नकै लागि भए पनि तरकारी खेती शुरु गरेँ ।” उनको बारी अहिले मौसमी तथा बेमौसमी तरकारीले भरिभराउ भएको छ । तरकारी खेतीबाट राम्रै आम्दानी हुन थालेको नेता पुनमगरले बताए ।

तरकारी खेतीबाट मासिक रु ३० हजार आम्दानी गर्ने गरेको बताउँदै उनले तरकारी खेती गरेर आठ जनाको परिवारलाई राम्रैसँग पाल्दै आएका छन् ।

राजनीतिसँगसँगै आफ्नो उद्यम पनि गर्नुपर्ने बताउँदै नेता पुनमगरले भने, “जिन्दगीभरि अर्काकै लागि झोला बोकेर पेट पालिँदैन, मिहेनत र परिश्रम पनि गर्नुपर्छ ।” रु एक लाख ऋण लिएर तरकारी खेतीको शुरुआत गरेका नेता पुनमगरले अहिले ऋण चुक्ता गरिसकेको छन् । सरकारले दिने अनुदानको ऋणमा ५० वर्षभन्दा माथि उमेरका लाई नदिने भन्ने प्रावधानप्रति उनले खरो शब्दमा भने, “के ५० वर्षमाथिको व्यक्ति नेपाली नागरिक हो कि होइन, उसको भोट चल्छ कि चल्दैन, काम गर्छुभन्दा त पैसो देउ ।” उनको बारीमा अहिले तरकारी किन्नेको घुइँचो लाग्ने गर्दछ । उनको बारीमा अहिले भिण्डी, काउली, बन्दागोभी, टमाटर, धनियाँ, आलु, मूला, काँक्रा, सिम्लालगायतका विभिन्न तरकारीले भरिभराउ भएको छ ।

दैनिकजसो बारीमा खटिँदासमेत बजारमा तरकारीको पूर्ति गर्न नसकिएको बताउँदै नेता पुनमगरले भने, “बजारमा तरकारीको निकै ठूलो माग छ, जति भए पनि आपूर्ति गर्नै सकिँदैन ।” बाथ, चर्म, हर्नियालगायतका रोगले पीडित भएका नेता पुनमगर भन्छन्, “म रोगी बुढोले त मिहेनत गरेर पैसा कमाउन सकेको छु भने स्वस्थ युवाले किन पैसा कमाउन सक्दैनन्, मिहेनत गर्नुहोस् घरैमा सुन फल्छ, विदेश जानु पर्दैन् ।” दीपायलमा पानी अभावका कारण बारीमा लगाएको तरकारी सुक्ने र कुहिने गरेको उहाँको गुनासो छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: