Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

भूकम्पमा दलहरुबीच पैदा भएको एकताले नै संविधान बन्यो : अध्यक्ष प्रचण्ड

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले विनासकारी भूकम्पमा नेपालका राजनीतिक दलहरु बीच एकता पैदा गरेको र सोही एकताका कारण संविधान बनेको बताए ।

सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–६ माङ्खामा बिहिवार आयोजित श्री कूपकन्या माध्यमिक विद्यालयको नवनिर्मित भवन समुद्घाटन गर्दै अध्यक्षले भने, ‘हाम्रो युद्धले नेपालमा शान्ति जन्मायो । युद्धमा सहभागीलाई थाहा हुन्छ, युद्धको पीडा के हुन्छ र शान्ति महत्व के हुन्छ भन्ने । भूकम्पले नेताहरुको अंकार तोड्यो र सबै जनताको सेवामा एकजुट भए । सोही एकताका कारण संविधान निर्माण सम्पन्न भयो ।’

उनले आफू प्रतिपक्षमा रहेपनि विकासकारी भूकम्पमा सबै दलहरुलाई राहात र उद्दारमा सहभागी हुन आव्हान गरेको स्मरण गरे ।

नकारात्मक कुरालाई सकारात्मक कुरामा रुपान्तरण गर्न सकिने यो एक उदाहरण भएको उनको भनाई थियो । अध्यक्षले भने, ‘समृद्धिका लागि हामीले छिमेकी र अन्तराष्ट्रिय समुदायसँग सन्तुलित सम्बन्धको वातावरण बनाएर नेपाललाई नयाँ युग तिर लैजानुपर्ने आवश्यकता छ । त्यो कामको सुरुवात भई नै सकेको छ ।’

उनले भूकम्पको समयमा आउँदा गाउँमा पीडा देखेको स्मरण गर्दै अहिले सबैमा प्रसन्नता, जोस र उमङ्ग आफूले पाएको पनि बताए । अध्यक्ष प्रचण्डले सिन्धुपाल्चोकवासीको विकास र समृद्धिमा सधैं आफ्नो साथ र सहयोग रहने प्रतिवद्धता पनि व्यक्त गरे ।

नेपालमा राजनीतिक स्थायीत्व मूलभूत रुपमा प्राप्त भईसकेको बताउनुहुँदै अब आर्थिक समृद्धिको नयाँ युग तिर देशलाई लिएर जानुपर्नेमा जोड दिए। उनले भने, ‘नीजि क्षेत्र र सार्वजनिक क्षेत्रको सहयोग विना अहिलेको २१औं शताब्दीमा विकासलाई गति दिन सम्भव छैन ।’

अध्यक्ष प्रचण्डले तातोपानी नाका जनताका लागि जसरी खुल्नु पथ्र्यो त्यसरी खुल्न अझै बाँकी रहेको बताउँदै त्यसका लागि अझै पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: