Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

मुलुकमा अहिले अदृष्य लडाई चलिरहेको छः अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा अहिले अदृष्य लडाई चलिरहेको बताएका छन । अच्युतराज स्मृति प्रतिष्ठानले वुधवार चितवनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मुलुकमा गुणात्मक परिवर्तन भए पनि निरंकुसतावादीहरुको चलखेलले गर्दा नदेखिने लडाई चलीरहेको बताएका हुन ।

ठुला आन्दोलनपछिको राजनीतिक परिवर्तन घोषणा भए पनि राज्य संरचना पुरानै स्कुल अनुसार चल्दा उपलव्धी गुम्ने खतरा रहेको औल्याएका छन । केहि नियम कानुन परिवर्तन भए पनि अझै धेरै कानुन पञ्चायतकालीन भएकाले परिवर्तनलाई संस्थागत गरी विकासतर्फ लम्कन समस्या भईरहेको प्रचण्डको भनाई छ ।

विगतमा २००७ साल पछिका विभिन्न राजनीतिक उताचढावलाई हेर्दा परिवर्तन उल्ट्याउदै पुरानै राज्य संरचना हावि हुने गरेको स्मरण गर्दै प्रचण्डले यसपल्ट पनि त्यस्तो भए अहिलेसम्म कहिल्यै नभएको दुर्घट्ना आईपर्ने चेतावनी दिएका छन । उनले भने ‘२००७ सालपछि राणासासनबाट साह सासनतर्फ रुपान्तरण हुदा केहि अधिकार जनताले पाएपनि पुरानै राज्य संरचनाको निरन्तरता थियो, ३० वर्षे पञ्चायत घोर निरंकुसतातर्फ फर्कियो, २०४६ सालको एतिहासिक जनआन्दोलनपछि पनि राजतन्त्र अन्तर्गतकै बहुदल थियो, हरेक परिवर्तन निरंकुसताकै सेरोफेरो रहँदा जनताले पुर्ण अधिकार पाएनन ।’

यसअघिको राजनीतिक उपलव्धी उल्टीए पनि धेरै ठुलो क्षति नभएको तर अहिलेको गुणात्मक परिवर्तन उल्टीए ईतिहासमा कहिल्यै नदेखिएको दुर्घट्ना आईपर्ने प्रचण्डले चेतावनी दिए । १० वर्षे जनयुद्ध, ०६२, ६३ सालको जनआन्दोलपछिको विस्त्रीत सान्ती संम्झौता, बाह्रबुदे समझदारीपछिको परिवर्तन ईतिहासकै गुणात्मक परिवर्तन भएको प्रचण्डको भनाई छ । राजतन्त्र, एकात्मक प्रणालीको अन्त्य गर्दै गणतन्त्र स्थापना र संघात्मक प्रणालीमा मुलुक अघि बढेको बताउदै प्रचण्डले भने ‘गरिव, महिला, आदिवासी, मधेसी, दलीत लगायत पछाडी पारीएका समुदायको प्रतिनिधित्व राज्य सञ्चालनमा पहुँच पुगेकाले अहिलेको परिवर्तन मात्रात्मक नभई गुणात्मक हो ।’

यद्धपी डराईहाल्नुपर्ने अवस्था भने नरहेको बताए । मुलुकमा राजनीतिक दलको नेतृत्वले भएका उपलव्धीलाई संस्थागत गर्दै समृद्धिमा अघि बढ्ने कि पुरानै सासन निरंकुरतन्त्र उल्ट्याउने भन्ने प्रतिक्रियावादीविच अदृष्य लडाई चलीरहेको भए पनि परिवर्तनकारीको पल्ला भारी रहेकाले डराईहाल्नु पर्ने अवस्था नरहेको उल्लेख गरेका छन । जनताका प्रतिनीधिले रिल्याक्स गरे भने खतरा आउन सक्ने भएकाले सचेत रहन सवैलाई आग्रह गरेका छन । संभावित खतरालाई मध्यनजर गर्दै अहिलेको उपलव्धीलाई सवै मिलेर जोगाउदै समृद्धिको यात्रामा अघि बढ्नुपर्नेमा प्रचण्डले जोड दिए ।

अहिलेको दुई तिहाईको सरकारले जनताका आकांक्षा, आवश्यकता, गुनासो र आलोचनालाई धेरै सम्बोधन गर्ने प्रयास गरीरहेपनि पुरानो शैलीका कारण समस्या भएको औल्याए । संविधान बनेर निर्वाचन सम्पन्न गरीसकेपछि मुलुक तिब्र विकासको यात्रामा अघि बढेकाले नेपालीको समृद्धिको सपना चाँडै पुरा हुने विश्वास व्यक्त गरेका छन । उनले दुई ठुला अर्थतन्त्र भएका मुलुक चीन र भारतको विचमा रहेको नेपालले सक्दो फाईदा लिनुपर्नेमा जोड दिदै मुलुकले नसोचेको विकासको फड्को मार्ने जिकिर गरे ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: