गाईघाट । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको त्रियुगा नदी, बरुवाखोला, सरस्वतीखोलासहित पूर्वी क्षेत्रको चौदण्डी नगरपालिकाको त्रियुगा तथा द्वारखोला क्षेत्रसहित चुरेक्षेत्र आसपासको खोलानालाबाट अवैध बालुवा तथा रोडा निकासी कार्य ह्वात्तै बढेको छ ।
केही दिनयता आएर जिल्लाको पूर्वी क्षेत्रको हँडिया तथा सुन्दरपुर क्षेत्रका चुरे वनक्षेत्रको खोलानालाबाट अवैधरूपमा बालुवा तथा रोडा निकासी कार्य बढ्दै गएको चौदण्डी–३ हँडियाका स्थानीय सुरजकुमार चौधरीले बताएका छन् । नदीजन्य पदार्थ निकासी गरेर रातिको समयमा सप्तरी तथा बाहिरी जिल्ला पैठारी गर्ने कार्य धमाधम बढ्दै गए पनि यसतर्फ कसैको उचित ध्यान नगएको सुन्दरपुरका स्थानीयवासी नारायणप्रसाद घिमिरेले बताए ।
घिमिरेका अनुसार अवैधरूपमा चुरे तथा त्रियुगा नदीको संवेदनशील क्षेत्रबाट निकासी गरिएका नदीजन्य पदार्थ केही स्थानीय तथा केही बाहिरका तस्कर मिलेर रातिको समयमा जिल्ला बाहिर निकासी गर्ने गरेका छन् । यस्तो काममा जिल्लाका प्रभावशाली व्यक्ति तथा ठेक्कापट्टा, निर्माण व्यवसायमा संलग्नहरु नै संलग्न भएको हुनसक्ने कारण अवैधरूपमा चुरे क्षेत्रको नदीजन्य पदार्थ दोहनकार्य नरोकिएको सुन्दरपुरका अर्का स्थानीय रनतमणि चौधरी बताउँछन् ।
यस विषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख वीरबहादुर बुढामगरसँग सम्पर्क गर्दा आफू भर्खरै अन्यत्रबाट उदयपुर कार्यभार सम्हाल्न आइपुगेको र अहिले प्रहरीले यस्ता अवैध नदीजन्य पदार्थ निकासीकार्य धमाधम नियन्त्रण गर्न थालेको बताए ।
अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने केही गाडी र स्काभेटर पक्राउ गरेर कारवाहीसमेत शुरु गरिएको र अहिले जिल्लाको संवेदनशील स्थानको नदी तथा खोलाबाट नदीजन्य पदार्थ निकासी हुने गरेको स्थानको आफूले पहिचान गरेर प्रहरी परिचालन शुरु गरेको पनि प्रहरी प्रमुख बुढामगरले बताए ।
अवैध नदीजन्य पदार्थ नियन्त्रणका लागि प्रहरीलाई स्थानीयवासी तथा राजनीतिक दलहरुले पनि साथ दिनुपर्ने र यस्तो अवैधकार्यलाई नियन्त्रण लिन अहिले आफूहरु सक्रिय भएर लागेको प्रहरीले बताएको छ । केही जानकारका अनुसार उदयपुर जिल्लाको पूर्वी क्षेत्रको त्रियुगा नदी तथा दक्षिणी क्षेत्रको चुरे वनक्षेत्रका खोलानालाबाट केही तस्करहरुले गिट्टी, बालुवा तथा रोडाहरु निकासी गरेर रातिको समयमा जिल्ला बाहिर पठाउने काम विगतमा पनि हुने गरेको र अहिले पनि हुँदै आएको छ ।
प्रहरी प्रशासनबाट मात्र नियन्त्रण सम्भव नहुने र जिल्लामा राजनीतिक दलसहित अन्य जनताको पनि साथ हुने हो भने मात्र अवैध नदी दोहनकार्य नियन्त्रण हुने सरोकारवालाको समेत धारणा छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: