Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

अब दुर्घटना रोक्न सवारी गति निर्धारण

भक्तपुर। महानगरीय प्रहरी परिसर भक्तपुरले अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुर क्षेत्रमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न सवारीसाधनको गति निर्धारण गरेको छ ।

प्रहरीले काभ्रेको साँगाबाट भक्तपुर भित्रिएपछि जडीबुटी मनोहरा पुलसम्म प्रत्येक सवारीसाधनको अत्यधिक गति प्रतिघण्टा ५० किलोमिटर निर्धारण गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले आजैदेखि लागू हुने गरी सवारीको गति निर्धारण गरेको बताउँदै अटेर गर्ने सवारी चालकलाई तत्कालै कारवाही गरिने बताए ।

उनले भने, \'आजैदेखि यो नियम लागू गरेका छा्रैँ, आजबाट गति मापन गर्नेछौँ, शुरुमा केही दिन सवारी चालकलाई सम्झाउने छौ्ँ, असार १ गतेदेखि भने कारवाही अगाडि बढाउने छौ्रँ।\'

दुर्घटना न्यूनीकरणका लागि जडीबुटी मनोहरापुलदेखि मध्यपुरथिमि, सूर्यविनायक, जगाती, पलासे हुदैँ काभ्रे र भक्तपुरको सिमाना साँगासम्मका लागि गति निर्धारण गरिएको हो ।

प्रतिघण्टा २० किलोमिटरको गतिमा गुडेका सवारी साधनले ठक्कर नै दिए पनि मानवीय क्षति नहुने गरेको पाइएको तर तीव्र गतिमा चल्ने सवारी साधनले ठक्कर दिए ज्यानै जाने गरी मानवीय क्षति हुने गरेकाले गति सीमित गर्न यो नियम लागू गरेको उनको भनाइ थियो ।

सडक, यातायात र विभिन्न सरोकारवाला निकायसँगको छलफल र सहमतिमा यो नियम लागू गरेको उनले बताए । सवारी साधनको गति मापनका लागि प्रहरीले एक राडार गन र एक लेजर गन ल्याएर परीक्षण गरिसकेको बताउँदै उनले यो सडकखण्डमा कुनै पनि बेला कुनै पनि ठाउँबाट सवारीको गति नाप्ने बताए ।

नियमलाई अटेर गरी तीव्र गतिमा सवारी चलाउनेलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार सवारी चालक अनुमतिपत्र, ‘रुट परमिट’ रद्द गर्नेदेखि यातायात सञ्चालन अनुमतिपत्रसमेत रद्द गर्न सकिने गरी कारवाही गरिने प्रधानले बताए ।

यो नियम लागू भएपछि दुर्घटना न्यूनीकरण हुनुको साथै ज्यानै जाने गरी सवारी दुर्घटना नहुनेमा आफू विश्वस्त रहेको बताउँदै प्रहरी उपरीक्षक प्रधानले यो नियमलाई कडाइसाथ लागू गरिने बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending