Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

राति निद्रा नलाग्ने समस्या छ? यसो गरी हेर्नुहोस् त।

सुत्ने बानीबेहोरामा केही सुधार गरे मानिसहरूले आफ्नो \'शरीरको घडी\' मा परिवर्तन गर्न सक्ने र स्वास्थ्यमा सुधार गर्न सक्ने वैज्ञानिकहरूले बताएका छन्। यूके र अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले राति नसुतिकन सक्रिय रहने मानिसहरूमा एक अध्ययन गरेका थिए।

उनीहरूका अनुसार सँधै एउटै निश्चित समयमा सुत्ने गरेमा, क्याफिन नखाएमा र बिहान पर्याप्त घाममा बसेमा निद्रासम्बन्धी समस्या निराकरण गर्न सकिन्छ।

सुन्दा सामान्य लागे पनि यो शैली अनुकरण गरे यसले महत्त्वपूर्ण प्रभाव पार्न सक्ने उनीहरूको धारणा छ।

सबै मानिसको शरीरमा एउटा \'जैविक घडी\' हुन्छ। त्यो सूर्योदय र सूर्यास्तसँग अनुकूल भएको हुन्छ। त्यसैले हामीलाई उज्यालो नभएको रातिको समयमा निद्रा लाग्ने गर्छ।

तर केही मानिसको घडी अरूको भन्दा ढिलो चल्छ।

केही मानिस बिहान सबेरै उठ्छन् र उनीहरूलाई राति जागा बस्न गाह्रो हुन्छ।

तर राति सक्रिय हुने मानिसमा यो प्रकृया उल्टो हुन्छ। उनीहरूको समस्या भनेको के हो भने आफ्नो शरीर तयार हुनुभन्दा अगाडि नै अलार्मको सहयोगमा बिहान बिउँझनुपर्छ। सधैँ राति जागा बस्ने मानिसमा स्वास्थ्यको समस्या देखिने गरेको छ।

वैज्ञानिकहरूले उल्लूजसरी रातभरि जागा बस्ने अर्थात राति निद्रा नलाग्ने चर्को समस्या भोगिरहेका २१ जना व्यक्तिमा अध्ययन गरेका थिए। सरदर उनीहरू बिहान साढे दुई बजे मात्रै सुत्थे र बिहान १० बजेसम्म उठ्दैनथे।

उनीहरूलाई यस्तो निर्देशन दिइयो -

  • पहिलाभन्दा २-३ घण्टा अगाडि उठ्ने र बिहान बाहिर गएर पर्याप्त उज्यालोमा बस्ने
  • सकेसम्म चाँडै विहानको खानेकुरा खाने
  • बिहान मात्रै शारीरिक व्यायाम गर्ने
  • सधैँ एउटै समयमा दिउँसोको खाना खाने र राति सात बजेपछि केही नखाने
  • दिउँसो तीन बजेपछि क्याफिन भएको पेयपदार्थ सेवन नगर्ने
  • दिउँसो चार बजेपछि छोटो समयका लगि भएपनि नसुत्ने
  • पहिलाभन्दा २-३ घण्टा अगाडि सुत्ने र राति सुत्ने ठाउँमा धेरै उज्यालो हुन नदिने
  • प्रत्येक दिन उही समयमा सुत्ने र उही समयमा उठ्ने

युनिभर्सिटी अफ बर्मिङ्घम, युनिभर्सिटी अफ सरी र मोनाश युनिभर्सिटीले गरेको विश्लेषणमा तीन हप्तापछि यो निर्देशन पालना गर्ने मानिसको जैविक घडीमा दुई घण्टाले सुधार भएको देखायो।

स्लीप मेडिसिन नामक जर्नलमा प्रकाशित शोधमा ती मानिसहरू उति नै घण्टा सुत्न सकेको उल्लेख छ।

युनिभर्सिटी अफ सरीमा प्राध्यापन गर्ने डेब्रा स्किनी भन्छीन्, \"सामान्य दैनिकी बनाउँदा राति निद्रा नपर्नेहरूलाई पनि आफ्नो शरीरको घडी अनुकूल पार्न र समग्रमा आफ्नो शारीरिक र मानसिक स्वास्थ्य सुधार्न सहयोग पुग्यो।\"

\"निद्रा नपुग्दा र शरीरको घडी नमिल्दा धेरै शारीरिक प्रकिया अवरुद्ध हुन्छन् र त्यसो हुँदा हृदयरोग, क्यान्सर र मधुमेहको जोखिम बढ्छ।\"

शरीरले प्रकाशप्रति विशेष प्रतिक्रिया देखाउँछ। तसर्थ शरीरलाई दिउँसो धेरै र राति कम प्रकाश देखाउनुपर्छ।

सुत्ने र उठ्ने समयमा एकरूपता नहुँदा पनि शरीरको जैविक घडी अलमलिन्छ।

यो अध्ययनमा प्रयोग गरिएको विधि सामान्य सुझावजस्तो लागे पनि यो पालना गर्दा शरीरको घडीलाई अनुशासित बनाउन सहयोग पुग्छ।

अनुसन्धनकर्ताहरूलाई ढिलो सुत्ने बानी परेकाहरूमा कस्तो प्रभाव पर्छ भन्ने थाहा थिएन।

युनिभर्सिटी अफ बर्मिङ्घमका डा. एन्ड्रयू ब्याग्शोका अनुसार यी सामान्य कुरा जोसुकैले गर्न सक्छन् र त्यसबाट परिवर्तन पनि हुन्छ। बिबिसि

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: