Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

अबदेखि ह्वावेई फोनमा फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम एप नहुने

काठमाडौं । फेसबुकले आफ्ना एप ह्वावेईका स्मार्टफोनमा प्रि-इन्स्टल अर्थात् फोन उत्पादन गर्दा नै राख्ने व्यवस्था अन्त्य गर्न लागेको समाचार संस्था रोएटर्सले जनाएको छ।

त्यस्तो प्रतिबन्ध फेसबुकको मुख्य एपमा मात्र नभएर कम्पनीका भगिनीसंस्थाका रूपमा परिचित ह्वाट्सएप र इन्स्टाग्रामका एपमा पनि लागु हुनेछ।

गत मे महिनामा अमेरिकाले आफ्ना देशका कम्पनीहरूलाई सुरक्षा जोखिम रहन सक्ने बताउँदै विदेशी दूरसञ्चार प्रदायकहरूसँग सहकार्य नगर्न निर्देशन दिएको थियो।

फेसबुकले यस्तो कदम उठाउनुको प्रमुख कारण उक्त निर्देशन नै रहेको बुझिएको छ।

पुरानो फोनमा के हुन्छ ?
नयाँ फोनमा फेसबुकका एपहरू समावेश नगरिने भए पनि सर्वसाधारणले प्रयोग गरिरहेका ह्वावेई फोनमा भएका एपमा भने समस्या हुनेछैन।

तर पुराना ह्वावेई फोनमा सफ्टवेअर अद्यावधिक गर्ने सुविधा उपलब्ध गराउने फेसबुकले जनाएको छ। फेसबुकको यो निर्णयबारे ह्वावेईले केही टिप्पणी गरेको छैन।

फेसबुकका एप ह्वावेई फोनमा प्रि-इन्स्टल नहुने भए पनि प्रयोगकर्ताहरू आफैँले भने एप डाउनलोड गर्न सक्नेछन्। तर अर्को अमेरिकी कम्पनी गुगलले प्ले स्टोरमा ह्वावेईको पहुँच हुन दिएमा प्रयोगकर्ताहरूले फेसबुक र अन्य एप डाउनलोड गर्न पाउनेछैनन्।

अहिले सबै प्रयोगकर्ताले प्ले स्टोर तथा गुगल एप प्रयोग गर्न सक्ने भए पनि गुगलले मध्य अगस्टदेखि ह्वावेईलाई महत्त्वपूर्ण एन्ड्रोइड सफ्टवेअरहरू प्रयोग गर्न नदिने घोषणा गरिसकेको छ। ह्वावेईका फोन र उपकरणको प्रयोगमा विभिन्न राष्ट्रहरूले प्रतिबन्ध लगाएका छन्।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies