Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

म्याग्दीको तातोपानीमा रेन्बो ट्राउट व्यवसाय

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका दुई युवा यस क्षेत्रका प्रेरणाको स्रोत बनेका छन् । स्थानीयवासी सुजन राम्जाली र इन्द्र थापाले रु २० लाखको लगानीमा गत वर्षदेखि व्यावसायिक रुपमा शुरु गरेको रेन्बो ट्राउट माछापालन विदेश नगई स्वदेशमा नै केही गरौँ भन्ने युवाका लागि प्रेरणाको स्रोत बनेको हो ।

राम्जाली र थापाले तातोपानी रेन्बो ट्राउट फार्म दर्ता गरी आठ वटा पक्की पोखरीमा शुरु गरेको यस व्यवसायमा अहिले ३५० किलोग्राम माछा बिक्री गर्न योग्य भएका र २५ हजार भुरा हुर्किंदै छन् । ग्राहकहरु फार्म खोज्दै माछापोखरीमा नै आउने गरेको फार्मका सञ्चालक राम्जालीले बताए ।

चौध वर्षसम्म पोखरा बसेर व्यवसायसँगै भुजुङखोलाको माछा फार्म, गण्डकी रेन्बो ट्राउट फार्म र क्षेत्रदीप रेन्बो ट्राउट फार्ममा माछापालनसम्बन्धी आवश्यक सीप र ज्ञान आर्जन गरी आफ्नै गाउँमा फर्केर माछापालन शुरु गरको उनले बताए ।

ठाडो खोलाबाट आउने चिसो पानी पाइपमार्फत ल्याई आठ वटा पक्की पोखरीमा गरिएको माछापालन हेर्न बेनी–जोमसोम–कोरला सडकबाट मुस्ताङ जाने वा मुस्ताङबाट फर्केर आउने स्वदेशी वा विदेशी पर्यटकसमेत आउने गरेका राम्जालीले बताए। सडकदेखि करीब १० मिनेटको पैदल यात्रापछि तातोपानी रेन्बो ट्राउट फार्म पुग्न सकिन्छ ।

\'यही फार्म र यहाँको माछापालन देखेर विदेश जाने भनेर राहदानी बनाएका कतिपय युवाले समेत राहदानी थन्काएर गाउँमा नै व्यवसाय गरेर बसेका छन्’, फार्मका अर्का सञ्चालक थापाले भने, \'एकैचोटि धेरै पैसा कमाउने लोभ नहुने र विस्तारै मिहेनत गर्दै जाने हो भने यस्तै व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ ।\'

विसं २०७२ मा सामान्य पोखरीमा परीक्षणका रुपमा गरेको माछापालन सफल भएपछि २०७५ सालदेखि व्यावसायिक रुपमा नै लगानी वृद्धि गरी माछापालन गरेको थापाले बताए । प्रतिकिलो रु एक हजार ३०० का दरले पोखरीबाट नै माछा बिक्री हुने हुँदा बजारको कुनै समस्या नभएको उनको भनाइ थियो ।

यस वर्ष रु छ लाख ५० हजारको करीब ५०० किलो माछा बिक्री गर्ने तयारीमा रहेका सञ्चालकद्वयले अर्को वर्ष रु १० लाखभन्दा बढीको माछा बिक्री गर्ने योजनाका साथ काम गरिरहेको बताए । मिहेनत गर्ने हो भने स्वदेशमा नै बसेर पनि पैसा कमाउन सकिन्छ भन्ने उदाहरण यी युवाले दिएको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका वडाध्यक्ष ओमप्रसाद फगामीले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies