Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८१ बुधबार | 15th May, 2024 Wed
NIMB

जङ्गली जनावरको आतङ्कले बाली नष्ट , कृषकहरू चिन्तित

काभ्रेपलाञ्चोक । जिल्लामा केही वर्षदेखि जङ्गली जनावरको आतङ्क बढ्दै गएको छ । जनावरका कारण जङ्गल नजिक बस्तीका कृषकका बाली नष्ट भएका छन् भने यदाकदा, चितुवाजस्ता हिंस्रक जनावरको आक्रमणले जनधनको क्षति हुँदा मानिससमेत त्रसित अवस्थामा बस्नुपर्ने बाध्यता छ ।

तीन वर्षदेखि बँदेलले बालीमा पु¥याउँदै आएको क्षति सहँदै आएका पाँचखाल नगरपालिका–१३ कोशीदेखाका बासिन्दा अहिले बाँदरको समेत आतङ्क थपिँदा निकै आजित भइसकेका छन् । स्थानीयवासी यमलक्ष्मी थपलियाले भने, “बँदेल र बाँदरले कटहर र अदुवाबाहेक सबै खान्छन्, अझ केही बाली त, रोपेकै दिनदेखि उखेलिदिन्छन् ।” यहाँका बासिन्दा जङ्गली जनावरबाट मानिस र बाली जोगाउन स्थानीय जनप्रतिनिधिसँग आग्रह गर्दै आएका छन् ।

उनीहरु जङ्गली जनावरको आतङ्क नरोकिए विस्थापित हुनुपर्ने बाध्यता रहेको दुखेसो पोख्छन् । “बँदेलको दुःख त छँदैछ, गाउँमा बाँदर पस्न थालेको पनि एक वर्ष भयो, हामीले नेतासँग हारगुहार माग्दै आएका छौँ”, स्थानीयले भने, “नगरप्रमुखलाई पटक–पटक भेट्दा आश्वासन मात्र पाइयो ।” नगरप्रमुख महेश खरेलले जङ्गली जनावरको आतङ्कलाई दीर्घकालीन समस्या समाधानको बाटो खोजिरहेको बताए ।

बनेपा नपा–३ काँक्रेका कृषक गोकुल बजगार्इले वन जोगाउँदै जाँदा जङ्गली जनावर पनि बढ्दा मानिसका लागि चुनौती बन्दै गएको बताए । उनले भने, “वनमा बँदेलको सङ्ख्या बढ्दा आलुलगायतका खेतीबाली नष्ट हुँदै गइरहेका छन् ।” उनका अनुसार प्रत्येक वर्ष बँदेलले खेतबारीमा लगाएको आलु रोपेकै दिन हुँडलेर सखाप बनाइदिन्छन् ।

सोही गाउँका रामेश्वर बजगाईंको पीडा पनि उस्तै छ । उनले भने, “२२ रोपनीमा हिउँद र वर्खामा दुई सिजन आलु लगाउँछु, कहिले त आलु टिप्नै पाइन्नँ ।” स्थानीय शिक्षक तुलप्रसाद दाहालसँग भने बँदेल भगाउन बारीमा रेडियो बजाएरसमेत राख्ने गरेको अनुभव छ । उता, धुलिखेल नपा–१ देवीटारकी कृषक सरस्वती घोरासैनीलाई दुम्सीले हैरान पार्दै आएको छ । “दुम्सीले मेरो एक हजार ५०० बोट काँक्रो सखापै पा¥यो”, उनले भने । उनका अनुसार दुम्सी ओडारमा लुक्ने र कोही नभएका बेला बारीमा आएर काँक्रोका बोट उखेलेर फाल्ने गर्दछन् ।

केही महीनादेखि पनौती नपास्थित कुशादेवी क्षेत्रमा पनि बाँदर आएर स्थानीयवासीलाई दुःख दिइरहेको नगरप्रमुख भीम न्यौपानेले बताए । उनले भने, “कृषकका गुनासा आइरहेका छन्, कसरी समाधान गर्ने भन्नेमा विभिन्न निकायसँग सल्लाहा गर्दैैछौँ ।” त्यसो त, काभ्रेपलाञ्चोकमा वन क्षेत्रमा जोडिएर रहेका बस्तीमा जङ्गली जनावरले बाली तथा घर पालुवा जनावरलाई समेत क्षति पु¥याएपछि समाधानतर्फ जान छलफल पनि चलाउन थालिएको छ ।

जिल्लास्थित संवाद समूहले विभिन्न स्थानीय तहमा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे विभिन्न चरणमा सरोकारवालासँग संवाद गर्दा अधिकांश कृषकले बँदेलको समस्या बढी देखाएका छन् । डिभिजन वन कार्यालय धुलिखेलका सहायक वन अधिकृत रामकुमार भण्डारीले जिल्लाका अधिकांश वनभित्र आवश्यक सङ्ख्याभन्दा बढी बँदेल भइसकेकाले किसानसँग द्वन्द्व बढ्ने खतरा रहेको बताए ।

डिभिजन वन कार्यालयका अनुसार बितेका १० वर्षमा जिल्लामा जङ्गली जनावरको आक्रमणबाट १४ को मृत्यु र पाँच घाइते भएका थिए । कार्यालयमार्फत मानव मृत्यु तथा घाइते, अन्नबाली क्षति, करीब २०० घरपालुवा जनावर तथा पशुपक्षीको क्षतिपूर्ति दिइएको छ । कार्यालयले मृतकका प्रतिपरिवारलाई रु १५ लाख तथा घाइतेको अवस्था हेरी उपचार खर्च दिँदै आएको जनाएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies