Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

मौलिकतामा ‘लिम्बूनी’

पाँचथर । शिरमा शिरफूल, निधारमा शिरबन्दी, नाकमा ढुङ्ग्री र मुन्द्री, कानमा चेप्टेसुन । त्यस्तै पहिरनमा गलामा ढाकाको मेख्ली, छातीको एकातिर अल्झिएको सिलामसाक्मा, हातमा पाही र पाउमा कल्ली । यो वेषभूषाले सहजै अनुमान लाउन सकिन्छ– यी खाट्टी ‘लिम्बूनी’ हुन् ।पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू जातिले प्रयोग गर्ने यो पहिरन आधुनिकताको सिको गर्ने नयाँ पुस्ताका युवतीका लागि झन्झटिलो छ । तर लिम्बू बाहुल्य जिल्ला पाँचथरमा भने मौलिक गरगहना र पहिरनमा सजिएर हिँड्ने लिम्बूनी युवती प्रशस्त भेटिन्छन् ।

जिल्लामा लिम्बू सङ्घसंस्थासँगै अन्य जातीय संस्थाले पनि विभिन्न महोत्सवलगायत कार्यक्रम आयोजना गरिरहन्छन् । ती कार्यक्रममा जिल्लाका लिम्बूनी युवती परम्परागत गरगहना र मौलिक पहिरनमा सजिएर रमाइरहेका भेटिन्छन् । किरात याक्थुङ चुम्लुङको केन्द्रीय महासचिव निरन्ती तुम्बापो मौलिक पहिरन र गरहगनाले सुन्दरता बढाउनाका साथै मुहारमा चमक पनि आउने बताउछिन् । उनी आफैँ पनि विभिन्न कार्यक्रममा प्रायः मौलिक पहिरन र गरगहनामा सजिएरै आउछिन् । \'मौलिक पहिरनमा सजिएपछि आफ्नो पहिचान कसैलाई बताइरहनु पर्दैन\', महासचिव तुम्बापा भन्छिन्, \'बजारमा लगाएर हिँड्ने कुरा त भएन तर विशेष अवसर र कार्यक्रममा भने सधैँ लाउँछु ।\'चुम्लुङ पाँचथरको कोषाध्यक्ष युन्छोहाङ्मा लिम्बू मौलिक पहिरन र गरगहनामा सजिँदा आफूलाई गर्व र आत्मसम्मानको अनभूति हुने बताउछिन् ।

उधौली–उभौली, सिसेक्पा तङ्नाम, कक्फेक्वा तङ्नाम, वलिहाङ तङ्नामजस्ता मौलिक चाडपर्वमा मात्र होइन, अन्य मेला, पर्व र उत्सवमा समेत मौलिक पहिरन र गरगहनामा सजिएर हिँड्ने युवतीको सङ्ख्या जिल्लामा बढ्दो छ । पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू जातिले प्रयोग गर्ने यी पहिरन र गरगहना प्रयोगको मितिबारे यकिन नभएको स्थानीय भाषा तथा संस्कृतिविद् दिलेन्द्र कुरुम्बाङ बताउछन् । उनी भन्छन्, “यसको उत्पत्तिको सन्दर्भ भने लिम्बू जातिले मूल देउताको रुपमा पुज्ने युमासँग जोडिन्छ ।

मुन्धुम (लिम्बू धार्मिक ग्रन्थ) अनुसार प्राचीनकालमा युमा विभिन्न किसिमका वेषभूषा र गरगहनामा सजिएर विभिन्न स्थानमा प्रकट हुने गर्थिन्, तान बुन्थिन्, पछि अरुले पनि त्यै सिको गर्दै आधुनिकीकरण पनि गर्दै ल्याए”, लिम्बू संस्कृतिका ज्ञाता तथा भाषा आयोगका विज्ञ हरिचन्द्र लाओती यी वस्तु नेपालको विविधतामा सुन्दर देखिने बताउछन् । उनी भन्छन्, \'राज्यले यस्ता वस्तु संरक्षण गर्ने र त्यसबाट फाइदा लिनेबारे खासै चासो दिएको पाइँदैन, वास्तवमा यस्ता वस्तुबाट राज्यले ठूलो लाभ लिन सक्छ ।\' अहिले स–साना कुरामा पनि ‘जातीयता’ को सङ्कीर्ण मनोविज्ञान डरलाग्दो गरी हुर्किरहेको लाओतीको अनुभव छ । यसको प्रभावले अहिले जिल्लामा राई, तामाङ, गुरुङलगायत युवती पनि मौलिक पहिरनतर्फ आकर्षित हुन थालेका छन् । पाँचथरमा करीब ४१ प्रतिशत लिम्बू जातिको बसोबास छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: