Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

यार्सागुम्बाको चोरी निकासी रोक्न पाटनमै गस्ती

दार्चुला । यार्सागुम्बाको चोरी निकासी रोक्नका लागि सुरक्षाकर्मी र गेमस्काउटको सामूहिक गस्ती शुरु गरिएको छ । जेठ दोस्रो साताबाट बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलनको समय शुरु भएकाले त्यसको चोरी निकासी रोक्नका लागि दार्चुलाका यार्सागुम्बा पाइने पाटनमा सुरक्षाकर्मी र गेमस्काउटको गस्ती शुरु गरिएको हो । यहाँस्थित अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा पाइने पाटनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी कार्यालयका गेमस्काटउको गस्ती पठाएको जनाएको छ । अपि नाम्पा संरक्षण क्षेत्र यार्सागुम्बा बढी पाइने स्थान छ ।

यार्सा पाटनमा हुने तस्करी रोक्नका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको उक्त संरक्षण क्षेत्रका सहायक संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिए ।अपि हिमाल गाउँपालिकाको वडा नं १ लोलु रोखापु, क्षेत्रमा सशस्त्र प्रहरी र गेमस्काउटको गस्ती गएको छ । यस्तै वडा नं ३ को क्षत्तिधरमघर काटै, सुर्मा क्षेत्रमा नेपाल प्रहरी र गेमस्काउट पठाइएको छ । वडा नं ६ को चाइमटेला क्षेत्रमा नेपाल प्रहरी परिचालन गरिएको छ ।

व्यास गाउँपालिकाको वडा नं १ को अपिनाम्पा फेद, वडा नं २ को दुधिवनलगायत यार्सा पाइने पाटनमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती पठाइएको छ । यार्सा पाइने क्षेत्रमा सम्भावित दुर्घटना हुन नदिन तथा चोरी तस्करी नियन्त्रणका लागि भन्दै गस्ती खटाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म नं ५० का सशस्त्र प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिए । सशस्त्र प्रहरीबाट २१ जनाको टोली अपि हिमाल र २१ जनाको टोली व्यास गाउँपालिकामा परिचालन गरिएको छ । सशस्त्र प्रहरी १५ दिनका लागि यार्सा पाटनको गस्तीमा हिँडेको उनले बताए ।

यस्तै नेपाल प्रहरी १० दिनका लागि २३ प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिए । विगत वर्षमा पाटन खुल्नुअगावै तस्करले यार्सागुम्बाको चोरी निकासी गर्ने गरेकाले त्यसलाई रोक्न गस्ती पठाइएको संरक्षण क्षेत्र कार्यालयले जनाएको छ । यो वर्ष अझै यार्सा पाइने पाटनमा भने हिउँ यथावत रहेको सङ्कलकले बताएका छन् । यो वर्ष पनि सङ्लकले यार्सागुम्बा सङ्कलन अनुमति नलिकनै लेकतिर प्रवेश गरेको बताइएको छ ।

जिल्लामा हरेक वर्ष दशौँ हजार सङ्लकहरु यार्सागुम्बा पाइने पाटनमा पुग्ने गरेका छन् । यहाँका बासिन्दाको मुख्य आयको स्रोत यार्सागुम्बा हो । यार्सागुम्बा सङ्कलनका लागि अहिले ग्रामीण बस्ती रित्याएर सङ्कलक पाटन पुगेका छन् । पाटनमा स्थानीय सङ्कलकको भरिभराउ छ भने बस्ती रित्तिएका छन् ।अपि हिमाल गाउँपालिकाका २१ तथा व्यास गाउँपलिकाका आठ विद्यालय यार्सागुम्बाको लागि बन्द भएका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending