Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

दुर्गमका विद्यार्थीको हातमा अझै पुगेन पाठ्यपुस्तक

रारा । नयाँ शैक्षिक सत्र शुरु भएको दुई महीना पुगिसक्दा पनि मुगु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकामा रहेका विद्यालयहरुमा अध्यनरत विद्यार्थीको हातमा किताब पुगेको छैन ।

किताब बिक्रीवितरणको जिम्मा लिएका स्टेशनरी तथा वितरकहरुले आवश्यक किताब समयमै ढुवानी गरेर बिक्रीवितरण गर्न नसक्दा जिल्लाका चार स्थानीय निकायमध्ये सोरु गाउँपालिकामा रहेका ४१ विद्यालयले शैक्षिक सत्र शुरु भएको दुई महीना हुन लाग्दा पनि किताब पाउन नसकेका हुन् ।

‘विद्यालय खुलेको दुई महीना भइसक्यो किताब अझै पाएका छैनौँ’, भवानी मावि पुरुमुरु कक्षा १० मा अध्ययनरत विद्यार्थी पूर्ण शाहीले भने, ‘विद्यालयमा रहेका पुराना केही किताबबाट शिक्षकले पढाउने गरेका छन् । किताब लिन सदरमुकाम गमगढीमा दुई पटक पुग्दासमेत पाएनौँ । किताब नहुँदा घरमा पढ्न पाइएको छैन ।’

कक्षा ६ देखि १० सम्मको किताब जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेश सुर्खेत कार्यालय र कक्षा १ देखि ५ सम्मका किताब काठमाडौँका निजी प्रकाशनबाट ल्याई छाँयानाथ रारा नगरपालिका, मुगु मकार्मारोङ्ग र सोरु गाउँपालिका सबै विद्यालयलाई बिक्रीवितरण गर्ने जिम्मा सदरमुकाम गमगढीमा रहेका केबी, जयलक्ष्मी, त्रिशक्ति र अविनाश स्टेसनरी तथा सप्लायर्सले जिम्मा लिएका छन् ।

पहिलो पटक ल्याएका किताब छाँयानाथ रारा नगरपालिका र मुगु मकार्मारोङ्ग गाउँपालिकाका सबै विद्यालयलाई बिक्रीवितरण गरेका थिए । सोरु गाउँपालिकाका ४१ विद्यालयका लागि ल्याएका किताब सुर्खेतको न्यू मनकामना ढुवानी सेवामा रहेका छन् । ढुवानी गर्न ढिलो गरेकाले सोरु गाउँपालिकाका ४१ विद्यालयले किताब नपाएको केबी स्टेशनरीका सञ्चालक केशव चौलागाईंले बताए ।

जिल्लाका चार स्थानीय तहमध्ये खत्याड गाउँपालिकामा शैक्षिकसत्र शुरु हुँदै किताब पुगेका थिए । छाँयानाथ रारा नगरपालिका र मुगु मकार्मारोङ्ग गाउँपालिकाका विद्यालयमा शैक्षिक शुरु भएको केही समयपछि किताब पुगेको छ ।

सोरु गाउँपालिकामा शैक्षिकसत्र शुरु भएको दुई महीना हुन लाग्दासमेत किताब नपुग्दा ४१ विद्यालयका कक्षा १ देखि ५ सम्मका दुई हजार ८६४, कक्षा ६ देखि १० सम्मका ६०५ जना विद्यार्थीले किताब विद्यार्थीहरु पढ्नबाट वञ्चित भएका विजय माविका शिक्षक वीरबहादुर बमले बताउनुभयो । सोरु गाउँपालिकामा पुस्तक नपुग्दा यहाँका विद्यालयमा दुई महीनायता विद्यार्थी दिनहुँ विद्यालय जाने र दिनभरि खेलेर बेलुका घर फर्कने गरेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending